काठमाडौं/११ फागुन – हिलसाईड कलेज अफ इन्जिनियरिङले १३ वर्ष अघिदेखि बिई सिभिल र बिई इलेक्ट्रिकल अध्ययन अध्यापन गराउँदै आइरहेकोमा हाल MSc. in Construction Management र MSc. in lEectrical Power Engineering को कक्षा समेत सञ्चालन गर्दै आएको छ ।
मास्टर इलेक्ट्रिकल तर्फका डा. सुजन अधिकारीका अनुसार “मास्टर प्रोग्राममा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको फ्याकल्टी व्यवस्थापन हो, हिलसाईड कलेज अफ इन्जिनियरिङमा सम्बन्धित विधाका सिनियर प्रोफेसरहरू, सम्बन्धित विषय विज्ञ पूर्व सचिवहरू लगायतले अध्यापन गराउनु हुन्छ । रिसर्च तर्फ र प्राक्टिकल शिक्षामा विशेष ध्यान दिएकोले नै हिलसाईड कलेज अफ इन्जिनियरिङले उत्कृष्टता हासिल गरेको हो ।“
प्राध्यापक सूर्य आचार्य, नष्टका पूर्व भिसी सुनील बाबु श्रेष्ठ, पूर्व सचिव दिनेश घिमिरे लगायत एक दर्जन व्यक्तिहरूले नियमित वा गेस्ट लेक्चररका रूपमा अध्यापन गरिरहनु भएको उहाँले बताउनु भयो ।
इलेक्ट्रिकल पावर इन्जिनियरिङ तर्फ अध्ययनरत विद्यार्थी खगेन्द्र शाहीले भन्नुभयो “हामी एमएस्सी इलेक्ट्रिकल पावर इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूले हिलसाईड कलेजबाट कोर शिक्षा मात्रै होइन, विभिन्न प्रोफेसनल सरहरूबाट प्राक्टिकल शिक्षा पाएका छौँ । मैले त बिइ पनि यसै हिलसाईड कलेजबाट गरेको हो, यो कलेजमा इलेक्ट्रिकल कार्यक्रम निकै राम्रोसँग पढाइ हुने गरेको छ, नियमित क्लास आउन नसक्ने जागिरेहरूको लागि पनि एक्स्ट्रा क्लास राखिएकोले सुविधा भएको छ ।“
लोकेशनको हिसाबले पनि कोटेश्वर बालकुमारीमा रहेकोले विद्यार्थीलाई आउनजान सहज रहेको उहाँको भनाई छ ।
कोअर्डिनेटरको भूमिका कन्स्ट्रक्सन मयानेजमेन्ट तर्फ प्रमोदकृष्ण कर्माचार्य जो नेपाल सरकारको भवन विभाग लगायत विभिन्न निकायहरूमा लामो समय कार्य अनुभवी व्यक्तित्व हुनुहुुुन्छ भने इलेक्ट्रिकल पावर इन्जिनियरिङ तर्फ केयु लगायत विभिन्न कलेजमा अध्यापन गराइसकेका डा. सुजन अधिकारी कोअर्डिनेटरको जिम्मेवारीमा हुनुहुुुन्छ ।
कन्स्ट्रक्सन इन्जिनियरिङको लगभग अन्त्यतिर पुग्नुभएका विद्यार्थी महेश खरेल भन्नुहुन्छ “मैले सिभिल बिइ पनि यसै हिलसाईड कलेज अफ इन्जिनियरिङबाट गरेको हो । मैले बिइ पास गर्नासाथ मास्टर त्यो पनि कन्स्ट्रक्सन म्यनेजमेन्ट जस्तो विषयमा यही कलेजमा पढ्ने अवसर पाए, म निकै खुसी छु । मैले मास्टर अध्ययन गरिरहँदा फ्याकल्टीहरू असाध्यै सिनियर सरहरूबाट उहाँहरूको अनुभव र कोर्सको पाठ्यांशलाई तालमेल गरिएको हाइब्रीड शिक्षा लिने मौका पाएँ । डा. समित थापा प्रिन्सिपल र कोअर्डिनेटर सरले अध्यापनको सिलसिलामा गर्नुभएको व्यवस्थापन पनि निकै प्रशंसनीय रह्यो । कन्स्ट्रक्सन म्यनेजमेन्टको पाठ्यक्रम पनि एकदमै प्राक्टीकल र बजारको माग अनुसारको छ । त्यसैले बिई वा मास्टरका लागि हिलसाईड कलेज अफ इन्जिनियरिङ रोज्नुहोस भन्ने आग्रह गर्दछु ।“
मास्टर तहको अध्यापन विशिष्टीकृत हुन्छ । अनुसन्धानमा आधारित हुने भएकोले विद्यार्थीले मेहनत गरेर तयार पारेको थेसिस रिपोर्टहरूलाई राज्यले नीतिगत तहमा लिन सके मुलुकको हितमा हुने कुरा प्रिन्सिपल डा. समित थापाको भनाई छ ।
पूर्वाञ्चल विश्वविद्यालयका बारेमा केही वर्ष अघिसम्म जाँच र रिजल्ट लाई लिएर टीकाटिप्पणी हुने गरेका थिए, अहिले पछिल्लो समयमा जाँच एकाडेमिक क्यालेन्डर अनुसार नै हुन थालेको छ, इन्जिनियरिङ तर्फका पेण्डिङ रिजल्टहरू सबै प्रकाशित भैसकेका छन् । उपकुलपतिले तीन महिनाभित्र रिजल्ट निकाल्ने प्रतिबद्धता जनाउनु भएको छ । सम्बन्धन प्राप्त कलेजहरूको पनि रिजल्ट प्रतिशत बढेको छ । नेपाल इन्जिनियरिङ परिषद्को जाँचले पनि राम्रै नतिजा देखाएको छ । काउन्सिलका अनुसार भारत लगायत अरू देशमा पढेर काउन्सिलको जाँच दिनेहरू भन्दा नेपालका विश्वविद्यालयमा अध्ययन गरेर जाँच दिनेको रिजल्ट राम्रो देखिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ तर्फ पाठ्यक्रमहरू गएको वर्षदेखि पूर्ण रूपमा परिमार्जन गरी ४० अंक सम्बन्धित फ्याकल्टीले नै दिन पाउनेगरी फ्याकल्टीलाई जिम्मेवार बनाइएको छ भने आठौँ र सेमेस्टरमा विद्यार्थीले तीन महिना इन्टर्नसिप गर्नैपर्ने गरी व्यवहारिक शिक्षामा जोड दिएको फ्याकल्टी बोर्डका सदस्य समेत रहनुभएका डा. समित थापा बताउनु हुन्छ ।
उहाँले भन्नुभयो, ‘प्रोफेसर डा.बिजु थपलिया आएपछि अगाडिको राम्रो कामहरूलाई निरन्तरता र थप नयाँ कार्ययोजना लिएर अघि बढ्नु भएकोले हामी सबै स्टेकहोल्डरहरूले आ–आफ्नो कर्तव्य पूरा गरेर वहाँ लाई सफल बनाउन सक्दा मात्रै विश्वविद्यालय सफल हुनेछ भन्ने मलाई लाग्छ, सुधारको गुन्जायस सदैब रहन्छ, यो नियमित प्रक्रिया हो, सुधारका कामहरू अलिक देखिनेगरी तीव्र गतिमा होस् भन्ने सुझाब दिन चाहन्छु ।’
भरखरै नयाँ सम्बन्धन दिएको प्रति प्रश्न गर्दा विश्वविद्यालयको गतिविधि अघि बढाउन, भारत लगायत तेस्रो मुलुकमा समेत विद्यार्थीले दुःख पाइरहेको सन्दर्भमा नेपालमै शिक्षा दिने उदेश्यले सम्बन्धन दिएको हुनुपर्छ तर यसै अनुसार परीक्षा व्यवस्थापनमा व्यापक सुधार हुनुपर्छ र नयाँ कलेजलाई सम्बन्धन दिनुभन्दा भएका कलेजहरूको माग अनुसार कार्यक्रम थप गर्नु उपयुक्त हुने उहाँले धारणा राख्नुभयो । तर पनि यो समग्र विषय विश्वविद्यालयको नीतिगत विषय हो, यसमा विश्वविद्यालयले अगाडिको मार्ग निर्धारित गरेकै होला भन्ने लाग्छ, डा. समित थापाले प्रस्ट पार्नुभयो ।
कोभिडको कहरले सताएको बेला तत्कालीन उपकुलपतिले भर्चूअल माध्यमबाट कक्षा सञ्चालन गर्न र होम बाउण्ड परीक्षा दिने व्यवस्था पूर्वाञ्चल विश्वविद्यालयले सुरु गरेको र पछि मात्रै अरू विश्वविद्यालयले लागु गरेको थियो भने अहिले भारतको कीट कलेजको समस्यालाई लिएर वर्तमान उपकुलपतिको नेतृत्वले क्रेडिट ट्रान्सफर हुने जुन नीतिगत निर्णय गरेको छ, विद्यार्थीहरूको लागि यो निकै महत्त्वपूर्ण र सान्दर्भिक कदम रहेको छ ।
शिक्षा मन्त्रालयले अब विदेश जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाउन स्नातक तहको प्राविधिक विषयमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिपमा पठाउँदा कम्तीमा खान बस्न पुग्नेगरी सम्बन्धित निकायबाटै सुविधा उपलब्ध गराउने र पढाइ सक्नासाथ काम दिलाउने व्यवस्था हुन सके विदेशमा गएर दुःख पाउनुपर्ने थिएन भन्ने आम धारणा रहेको छ ।
अर्कोतिर भारत लगायत विदेश जाने विद्यार्थीको तथ्यांक राख्न र पढिसकेपछि नेपाल फर्किने वातावरण बनाउन जरुरी देखिन्छ । थापाथली, पुतलीसडक र बानेश्वर एरियामा खुलेका कन्सल्टेन्सीहरूलाई नियमन गरी विद्यार्थीहरुलाई यता जे भनेर काउन्सिलिङ गरिएको हुन्छ, उताका विश्वविद्यालय र कलेजहरुमा सोही अनुसार हुनुपर्ने, होइन भने कन्सल्टेन्सी पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने व्यवस्था गर्न पनि त्यतिकै जरुरी छ । अब नेपालका विद्यार्थी विदेश होइन, विदेशका विद्यार्थी नेपाल कसरी भित्र्याउने भन्ने तर्फ कन्सल्टेन्सीहरू लाग्नुपर्छ। पछिल्ला घटनाक्रमले हामीले उठाउदै आएका विषय वस्तुको पुष्टि गरेको छ ।
जबजब भर्ना खुल्छ तबतब विश्वविद्यालयहरूमा हुने गतिविधिले पनि मलजल गरेको छ, यसमा पनि सरोकारवाला सबै सजग रहनुपर्ने देखिन्छ ।



