काठमाडौँ /१५ माघ – निर्वाचन आचारसंहिता, २०८२ विपरीत करार सेवामा कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशनको तयारी गरेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले पूर्वाञ्चल विश्वविद्यालयलाई स्पष्टीकरण सोधेको छ ।
प्राप्त उजुरी अनुसार विश्वविद्यालयले आचारसंहिता विपरीत माघ ०४ गते राति १२ः०० बजेदेखि लागू भइसकेको अवस्थामा परीक्षा सञ्चालन गरेको हो वा होइन त्यसबारे स्पष्टीकरण सोधेको हो ।
पत्रमा भनिएको छ ’प्राप्त उजुरीका आधारमा विश्वविद्यालयले आचारसंहिता विपरीत माघ ०४ गते राति १२ः०० बजेदेखि लागू भइसकेको अवस्थामा परीक्षा सञ्चालन गरी नतिजा प्रकाशनको तयारी गरेको हो वा होइन ? विश्वविद्यालयले ऐ. आचारसंहिता लागू भइसके पश्चात् परीक्षा सञ्चालन समेतका कार्य गर्दा आयोगको पूर्व सहमति लिएको छ वा छैन ? यस पत्र प्राप्त भएको ३ (तीन) दिनभित्र स्पष्टीकरण पेस गर्नु हुन निर्णयानुसार अनुरोध छ, ।



