विद्यालयकोे रकम हिनामिना गर्ने विरुद्ध मुद्दा दायर

बझाङ/१४ माघ – विद्यालयको विभिन्न शीर्षकमा निकासा भएको रकम हिनामिना गर्ने विरुद्ध अख्तियार अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका वडा नं. ९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयका प्रधानाध्यापक धन बहादुर विष्ट, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारी र लेखापाल हर्क बहादुर विष्ट विरुद्ध मुद्दा दयार गरेको हो ।


उनिहरुलाई विद्यालयलाई मनपरी ढंगले संचालन गरेको र विद्यालयको ३ तले, १२ कोठे भवन निर्माणका लागि निकासा गरेको रकम हिनामिना गरेको आरोप छ । भवन निर्माणका लागि ३,५५,५१,४८२ रकमको लागत अनुमान तयार गरेको देखिए पनि गाउँपालिका र विद्यालयबीच भएको सम्झौताबमोजिम बोलपत्रमार्फत निर्माण गर्नुपर्नेमा सो नगरी विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गरिएको आयोगको भनाई छ ।


साथै उक्त विद्यालयको भवन निर्माण कार्यको वास्तविक भएको निर्माण कार्यभन्दा बढी १७,७५,०२७ रकम मूल्याङ्कन गरी रकम भुक्तानी गरिएको पुष्टि भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।


हेर्नुहोस विज्ञप्ति