काठमाडौँ /१४ माघ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिईभिटी० परीक्षा नियन्त्रण कार्यालयले एक विषयको मौका परीक्षाको आवेदन फाराम खुला गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित सेमेष्टर परीक्षा प्रणाली अन्तर्गतका डिप्लोमा ÷ प्रमाणपत्र तहका इन्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमहरू, इन्फरमेसन टेक्नोलोजी, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वक्र्स, होटेल म्यानेजमेन्ट, कृषि (बाली र पशु विज्ञान) कार्यक्रमहरूका लागि आवेदन खुला गरेको हो ।
साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमतर्फ सूचना प्रकाशित भएको मितिसम्म प्रथम वर्ष प्रथम खण्डदेखि तेस्रो वर्ष प्रथम खण्डसम्म उत्तीर्ण भई तेस्रो वर्ष दोस्रो खण्डमा कुनै एक विषयको मात्र सैद्धान्तिक परीक्षा अनुत्तीर्ण भएका र वार्षिक परीक्षा प्रणालीतर्फका सम्पूर्ण कार्यक्रमहरूको र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम समेतका परीक्षार्थीले फाराम भर्न पाउने छन् ।
यसैगरी प्रथम र दोस्रो वर्ष उत्तीर्ण भई तेस्रो वर्षको नियमिततर्फको नतिजामा कुनै एक विषय मात्र अनुत्तीर्ण भएका परीक्षार्थीहरूको लागि परीक्षा सम्बन्धी विनियमावली, २०७१ बमोजिम सैद्धान्तिक एक विषयको मौका परीक्षा आगामी चैत महिनामा सञ्चालन हुने सूचनामा उल्लेख छ ।
परीक्षार्थीहरूले माघ २७ गतेभित्र नियमित शुल्क र फागुन ५ गतेभित्र विलम्ब शुल्कमा सम्बन्धित शिक्षालयहरूमा परीक्षा आवेदन फाराम भरी बुझाउनु पर्नेछ ।



