काठमाडौँ /१३ माघ – त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली विकेन्द्रीकरण नगर्दा मौका परीक्षा तथा स–साना कामका लागि पनि काठमाडौं नै आउनुपर्ने विद्यार्थीको बाध्यता गरिदा समस्या भएको भन्दै माग गरिरहेको रहेको छ स्वतन्त्र विद्यार्थी युनियन र विश्व्विद्यालयविच सहमति भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयबाट गठन भएको वार्ता समिति र स्वतन्त्र विद्यार्थी युनियनकाबिचमा मंगलबार सहमति भएको हो ।
सहमति अनुसार माघ १८ गतेदेखि हुने भनिएको ३ बर्षे स्नातक तह तृतीय वर्षको मौका परीक्षाको तालिकालाई शंसोधन गरी २५ गतेदेखि क्षेत्रीय परीक्षा नियन्त्रण कायम रहेको क्षेत्रमा सञ्चालन गर्ने भएको छ ।
सम्झौता भएसँगै स्वतन्त्र विद्यार्थी युनियनको तर्फवाट जारी धर्ना तथा दवावका कार्यहरु फिर्ता लिइएको छ ।
हेर्नुहोस सहमतिका बुँदा
स्वतन्त्र विद्यार्थी यूनियन, विश्वविद्यालय क्याम्पस त्रि.वि.ले परीक्षा नियन्त्रण कार्यालयको सुधारका सम्बन्धमा पेश गरेको ध्यानाकर्षण पत्रका सम्बन्धमा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयवाट गठन भएको वार्ता समिति र स्वतन्त्र विद्यार्थी यूनियनका विचमा भएको सहमतिः
बुदा नं. १ का सम्बन्धमा
त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयबाट निर्धारण भएको मिति २०८२ माघ १८ गते देखि सञ्चालन हुने ३ वर्षे स्नातक तह तृतिय वर्षको मौका परीक्षा तालिकालाई संशोधन गरी मिति २०८२ माघ २५ गते देखि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कायम रहेको क्षेत्रमा सञ्चालन गरिने छ । साथै तत्पश्चात हुने मौका परीक्षा समेत क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय कायम रहेको क्षेत्रमा सञ्चालन गरिने छ ।
बुदा नं. २ का सम्बन्धमा
मूल्याङन प्रणालीको पुनसंरचना र सेवा प्रवाह सुदृढिकरणका सम्बन्धमा त्रि. वि. परीक्षा नियन्त्रण कार्यायल प्रतिवद्ध छ । हाल परीक्षा नियन्त्रण कार्यालयवाट उपलब्ध सेवाहरूलाई अझ प्रभावकारी वनाउन तथा सेवा प्रवाहको समय सीमाका सम्बन्धमा सात दिन भित्र स्वतन्त्र विद्यार्थी यूनियनको प्रतिनिधी सहितको कार्यदल गठन गरी उक्त कार्यदलको प्रतिवेदनलाई कार्यान्वयन गरिनेछ ।
बुदा नं. ३ का सम्बन्धमा
शोधपत्र मूल्याङ्कनको विषय सहज वनाउन डीन कार्यालयसंग समन्वय गरिनेछ ।
बुदा नं. ४ का सम्बन्धमा
त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयवाट सञ्चालन हुने परीक्षालाई त्रि.वि. वाट स्वीकृत ब्अभमझष्अ ऋबभिलमभच लाई पूर्ण रुपमा कार्यान्वयन गर्न परीक्षा नियन्त्रण कार्यालय प्रतिवद्ध रहनेछ । केहि प्राविधिक जटिलताको अवस्था वाहेक परीक्षाफल १०० दिन भित्रमा नै प्रकाशन गरिनेछ ।
बुदा नं. ५ का सम्बन्धमा
परीक्षा नियन्त्रण कार्यालयवाट उपलब्ध हुने सेवाहरूलाई पूर्ण डिजिटल तथा प्रविधि मैत्री बनाइनेछ र परीक्षा नियन्त्रण कार्यालयका कागजातहरूलाई म्ष्नष्तबष्शिभम गरिने छ । सेवाग्राहीले सेवा प्राप्त गर्नका लागि भुक्तानी गर्नुपर्ने शुल्कलाई अनलाइन प्रणाली (त्तच् ऋयमभ) मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइने छ र तत्काल बैङकिङ कार्यको लागि टोकनको व्यबस्था गराइनेछ ।
बुदा नं. ६ का सम्बन्धमा
परीक्षा नियन्त्रण कार्यालयवाट उपलब्ध हुने सेवाहरूका सम्बन्धमा प्राविधिक तथा व्यवहारिक पक्षलाई थप प्रभावकारी बनाई वितरण प्रकृयालाई क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत सहज र सुलभ वितरण गरिनेछ ।
बुदा नं. ७ का सम्बन्धमा
परीक्षा नियन्त्रण कार्यालयवाट उपलब्ध हुने सेवाहरूलाई चुस्त दुरुस्त बनाइनेछ । कार्यरत
कर्मचारीहरूलाई सेवा प्रति थप उत्तरदायी बनाउन सेवा प्रवाह तथा कार्यसम्पादन सम्बन्धी तालिम उपलब्ध गराइनेछ ।
बुदा नं. ८ का सम्बन्धमा
निष्पक्ष र विश्वसनिय परीक्षा संचालन गर्न सरोकारवाला सवैको जिम्मेवारी समेत भएकोले परीक्षा केन्द्र र परीक्षाका सम्बन्धमा मौजुदा कार्यविधि, भौगोलिक अवस्था, उपलब्ध परीक्षा केन्द्र र परीक्षार्थीको सहजताको आधारमा परीक्षा केन्द्र निर्धारण गरिनेछ ।
बुदा नं. ९ का सम्बन्धमा
विद्यार्थीहरूका गुनासा व्यवस्थापनको लागि व्यवस्था गरिएको ज्भउि म्भकप लाई प्रभावकारी एवं प्रविधि मैत्री बनाइनेछ ।
बुदा नं. १० का सम्बन्धमा
पुनःर्योगको नतिजा आवेदन खुलेको ३० दिन भित्रमा प्रकाशन गरिनेछ । पुनःर्योगको लागि लाग्ने शुल्कमा पुनरावलोकनका लागि केन्द्रीय परीक्षा संचालक समितिमा सिफारिस गरिनेछ । सम्झौता भएको मितिदेखि स्वतन्त्र विद्यार्थी युनियनको तर्फवाट जारी रहेका रचनात्मक धर्ना तथा दवावका कार्यहरु फिर्ता लिइएको छ ।



