डिप्लोमा तहको नियमित/आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक

काठमाडौं/११ फागुन – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको नियमित/आंशिक परीक्षाको परीक्षा तालीका सार्वजनिक गरेको छ ।


आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा डिप्लोमा इन इन्जिनियरिङ, फुड एण्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेण्ट र सोसियल वक्र्स, ईन्टरप्रेनरसिप डेभलपमेण्ट, ब्युटी एण्ड कस्मेटोलोजी र कृषि (वाली विज्ञान र पशु विज्ञान) कार्यक्रमहरूको प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको नियमित /आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।


परीक्षा चैत १७ गते बिहान ७ः०० बजे देखि सञ्चालन हुने सिटिईभिटी परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम र विपन्न /प्राविधिक शिक्षामा पहुंच नपुगेका पालिका) अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ तर्फ अध्ययन गरेका विभिन्न कार्यक्रमहरूका प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डका नियमित÷आंशिक, डिप्लोमा इन मेडिसिनल एण्ड एरोमेटिक प्लान्ट्स प्रथम वर्ष आंशिक, द्वितीय वर्ष नियमित परीक्षार्थीको समेत यही समयमा परीक्षा सञ्चालन गरिने छ ।


त्यसैगरी प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम, बिपन्न, हलिया, कमैया, अपाङ्गता भएका, द्वन्द्व पीडित / सहिद ÷ जन आन्दोलन घाइते परिवार, आदिवासी जनजाति तथा प्राविधिक शिक्षामा पहुँच नपुगेका स्थानीय तह) अन्तर्गत अध्ययनरत परीक्षार्थीहरूको लागि डिप्लोमा इन फार्मेसी प्रथम वर्षको नियमित परीक्षा समेत सोही तालिकामा उल्लेखित मिति र समयमा सञ्चालन हुने जनाएको छ ।


परीक्षा तालिकाको विस्तृत सूचना www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।