युनिग्लोव कलेजको ‘युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम’ सम्पन्न

काठमाण्डौं /२० माघ– नयाँ बानेश्वरस्थित युनिग्लोव कलेजले सञ्चालन गरेको युवा उद्यमशीलताको सम्भावना र चुनौतिहरुको विषयमा आधारित युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
वागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनको संयुक्त आयोजनामा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संचार तथा प्रविधि मन्त्रि पर्वत गुरुङ्ले कोभिड—१९ का कारण सिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई व्यवस्थीत गर्दै आफ्नै देशमा रोजगारीका अवसर सृजना गर्न सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको जानकारी दिए । आर्थिक समृद्धीका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा मन्त्री गुरुङ्ले जोड दिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै युनिग्लोव कलेजका प्रिन्सिपल डा.नर बहादुर विष्टले यस कलेजको विजनेश इकुवेशन सेन्टरबाट बिगत ३ वर्ष देखि नै युवा उद्यमी उत्पादन गर्ने कार्य गर्दै आइरहेकोमा हाल नेपाल सरकार र वित्तिय संस्थाहरुको सहयोग र संलग्नता रहँदा युनिग्लोव कलेजका विद्यार्थीहरु लगायत अन्य युवाहरु लाभान्वित हुने कुरा बताए ।
सो कार्यक्रमको उद्घाटन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप ब्यवसाय गर्न चाहनेका लागि अहिले धेरै अवसर रहेको बताउदैं युवाहरुमा सोच, संकल्प, निरन्तरता र व्यवसायिक रणनिति हुनुपर्ने धारणा व्यक्त गरिन् । यसैगरी, कार्यक्रममा बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष एवं वरिष्ठ उद्यमी पवन गोल्यानले कम्फट जोनमा बसेर समस्या देखाउनु भन्दा नयाँ अवसरहरुको उपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उद्यमशीलताको विकासले मात्रै मूलुक समृद्धीको बाटोमा अगाडी बढ्ने धारणा व्यक्त गरेका थिए भने विजनेश अक्सिजन प्रा.लि.का अध्यक्ष सिद्धान्त राज पाण्डेले सरकारले उद्यमशीलता प्रवद्र्धन गर्नको निम्ती आवश्यक वातावरणको विकास गर्दै व्यवसाय मैत्रीपोलिसी बनाएर उद्यमशीलताको बाटोमा युवाहरुलाई अगाडी बढाउन प्रोत्साहन गर्नुपर्ने बताए ।
कार्यक्रममा युनिग्लोव कलेजका एमविएमा अध्ययन गरिरहेका विद्यार्थीहरुले आठवटा नयाँ व्यावसाय संचालनका लागि प्रस्तावना ल्याएका थिए । विशाल फाउण्डेशनका कार्यकारी निर्देशक एवं कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफ्नो इनोभेटिभ आइडिया पठाउने युवाहरुलाई निःशुल्क तालिम र सहुलियतकर्जा समेत प्रदान गर्ने जानकारी दिए ।
युवा उद्यमशीलताको सम्भावना र चुनौतिहरुको विषयमा आधारित प्लेनरी सेसनमा बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष एवं वरिष्ठ उद्यमी पवन गोल्यान, महिला उद्यमी महासंघका अध्यक्ष रीता सिंहा, राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा.रामकुमार फुयाल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र विजनेश अक्सिजन प्रा.लि.का अध्यक्ष सिद्धान्त राज पाण्डेको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजकर्ता युनिग्लोव कलेजका कार्यक्रम निर्देशक अनन्त राज घिमिरेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *