सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता : इष्टु

काठमाडौं/२९ भदौ – संस्थागत विद्यालय शिक्षक युनियन ९(इष्टु)ले कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला खोल्ने भएको छ । आइतबार प्याब्सन, एन-प्याब्सन, इष्टु र भीमदत्त नगरपालिका प्रतिनिधिबीच भएको संयुक्त छलफलमा इष्टुले तालाबन्दी तथा आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

संयुक्त छलफलमा पाँच बुँदे सहमति गर्दै आन्दोलनको कार्यक्रम फिर्ता गर्ने निर्णय भएको हो । संस्थागत विद्यालयका शिक्षकहरुले नियमति कामकाज गरेको अवधिको तलबभत्ता नपाएको अवस्था भएमा २०७६ चैत महिना सम्मको बाँकी रकम उपलब्ध गराउज सम्बन्धित विद्यालयलाई निर्देशन गर्ने र २०७७ बैशाख भन्दा पछि विद्यालयको आयस्रोत र शिक्षकहरुको सेवालाई मध्येनजर, गरी व्यवहारिक किसिमले सम्बोधन गर्ने सहमति भएको छ । यसैगरी, सम्पूर्ण शिक्षकहरुको कोरोना बिमा विद्यालयले गर्ने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *