शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि स्वीकृत दिन नेकाको माग

काठमाडौं/२९ भदौ-राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले शैक्षिक परामर्श संस्था सञ्चालन गर्नका लागि स्वीकृति दिन काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरेको छ ।


महामारीको रुपमा रहेको कोभिंड-१९ को सबैभन्दा बढी व्यवसायिक चपेटामा शैक्षिक परामर्श व्यवसायी परेकाले व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने नेकाका अध्यक्ष सन्तोष प्याकुरेलको भनाइ छ ।


गत २०७६ सालको चैत्र महिना देखि शैक्षिक परामर्श केन्द्रहरू बन्द रहनाले हजारौं विद्यार्थी तथा अभिभावकहरु अहिले तनावमा रहेका छन् भने दुई हजार भन्दा बढीको संख्यामा रहेका शैक्षिक परामर्श व्यवसायीहरु उच्च व्यवसायिक जोखिममा रहेका छन्। विद्यार्थीहरूको तयारी कक्षा तथा भाषा प्रशिक्षण मात्र नभई परामर्श सेवापनि अनलाइन भइसकेको अवस्थामा विद्यार्थीहरूको भिषा, फाराम भर्ने, कलेज आवेदन गर्ने कार्यहरूका लागि शैक्षिक परामर्श केन्द्र नपुगी प्रकिया पूर्ण हुन नसक्ने अवस्थाका कारण स्वास्थ्य सम्बन्धी प्रोटोकल पूरा गरी निर्दिष्ट समय सम्म खोल्न मिलने गराउन सके महिनौ देखि प्रक्रिया मा रोकिएर बसेका विद्यार्थीहरुलाई सहज हुने, शैक्षिक सत्रको भर्नामा सहभागी हुन पाउने, छात्रवृत्तिमा पहुँच हुने लगायतका अवसर प्राप्त हुनसक्ने अवस्था रहेको नेकाले जनाएको छ ।


विद्यार्थी, अभिभावक र व्यवसायीको समेत समस्याहरुलाई ध्यान दिँदै विद्यार्थीको विदेशी कलेज आवेदन भिषा प्रक्रिया, छात्रवृत्तिमा पहुँच, सहजीकरणका निमित्त शैक्षिक परामर्श संस्थाहरुलाई सञ्चालनका लागि सुचिकृत तथा स्वीकृत गर्न माग गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *