काठमाडौं/२८ पुुष– अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले बारा कलैया नगरपालिका ७ पन्नादेवी कन्या माविका प्रधानाध्याक सुनरपति कुमारी यादव बिरुद्ध भ्रष्टाचारको आरोपमा आइतबार विशेष अदालतमा मुुद्दा दायर गरेको छ ।
आयोगका अनुसार शिक्षकको कोटाको लागि निकासा भएको रकम तथा हाजिरी रजिष्टर नै विद्यालयबाट गायब गरी रकम हिनामिना गरेको पाइएको छ ।
यादवले विद्यालयको आर्थिक कारोबार गर्दा झुुठ्ठा बिल भरपाई बनाउने, दोहोरो बिल भरपाई बनाउने र श्रेस्ता कागजात लगायतका बहिखाताहरु समेत नष्ट गरी विद्यालयको १२ लाख २६ हजार ४ सय ६९ पैसा हिनामिना गरेको अख्तियारका प्रवक्ता प्रदीपकुुमार कोइरालाले जनाएका छन् ।
अख्तियारले भ्रष्टचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देशन गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हिनामिना भएको रकमसमेत निजबाट असुुलउपर तथा श्रेस्ता कागजातहरु नष्ट गरे बापत ऐनको दफा १२ बमोजिमसमेत सजाय मागदाबी सहित मुुद्दा दायर गरेको छ ।
