मेडिकल काउन्सिलको विशेष परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने

काठमाडौं/२५ पुुष– नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षाका लागि अनलाइन आवेदन फारम खुुलाएको छ ।
काउन्सिलद्वार फागुन १७ गते सञ्चालन गर्ने यस वर्षको तेस्रो विशेष परीक्षामा सहभागी हुने परीक्षार्थीले अनलाइन फारम भर्न सक्नेछन् । उक्त परीक्षामा सहभागी हुने परीक्षार्थीले पुुष २८ गतेदेखि माघ २८ गतेसम्म फारम भर्न पाउँनेछन् । बिलम्ब शुुल्कमा परीक्षार्थीले माघ २९ गते र फागुन १ गते फारम भर्न सक्ने काउन्सिलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
परीक्षार्थीहरुले exam.nmc.org.np मा लग इन गरी फारम भर्न सक्ने काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार अनलाइन बाहेक अन्य कुनै पनि माध्यमबाट फारम बुुझाउन पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *