शिक्षक लक्ष्मीकिशोर सुवेदीको कथाकृति ‘तमोरको सुसेली’ लोकार्पण

काठमाडौँ /९ असोज–शिक्षक तथा कथाकार लक्ष्मीकिशोर सुवेदी द्धारा लिखित कथाकृति तमोरको सुसेली लोकार्पण गरीएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा पारिजात सभाकक्षमा एक समारोहका विच कथाकृति लोकार्पण गरीएको हो ।


‘तमोरको सुसेली’ लक्ष्मीकिशोर सुवेदीको पहिलो कथा सङ्ग्रह हो । अठार वटा कथा समेटिएको यस कथा कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको छ । सङ्ग्रहको पहिलो कथा कृतिको शीर्षक कथा हो भने अठार कथामा फरक फरक विषयलाई चित्रण गर्न खोजिएको छ ।


समाजमा प्रयोग गरिने ठेट शब्दहरु सरल भाषामा बुझिने गरी कथामा प्रयोग गरीएको छ । कतिपय कथामा सामाजिक विषय वस्तुलाई निकै नजिकबाट हेर्ने प्रयास गरीएको छ । साथै यथार्थ चित्रणलाई जस्ताको तेस्तै उतार्ने जमर्को गरिएको छ ।


सानै देखि थुप्रै साहित्यहरु अध्ययन गरे पनि यसरी लेख्ने आँट कहिल्यै नआएको र उमेरको ५६ औं वर्षमा पहिलो कृति निकाल्न सफल भएको कथाकार लक्ष्मीकिशोर सुवेदीले बताए । डेढ वर्षअघि कोरोना भाइरसले घर बस्ने फुर्सद दिएपछि आफूले लेखेका तर नछापिएका कथालाई फुर्सदको मौका पारेर प्रकाशन गरिएको जानकारी दिए ।


पेशाले विज्ञानको शिक्षक भएपनि सानै देखि साहित्य सम्बन्धि किताबहरु पढ्ने गरेको कारणले साहित्यमा रुचि भएको बताए ।कथा लेखनमा आत्मविश्वास नभए पछि केही कथा साथीलाई सुनाएर, पढ्न दिए पछि साथिहरु कै हौसलाले कथा कृति ‘तमोरको सुसेली’ प्रकाशन गर्न सकेको बताए ।


प्रसिद्ध काथाकार महेशविक्रम शाहले विचारमा नेपाली साहित्यमा लक्ष्मीकिशोरको प्रवेश साहित्यकारहरूका लागि विशिष्ट दिन भएको जनाए । भने, ‘नयाँ कृतिमार्फत नयाँ सहित्यकारको प्रवेश हुनु खुसीको कुरा हो ।’


प्रसिद्ध नाटककार अशेष मल्लले कथा साहित्यमा लक्ष्मीकिशोरको आगमन निकै खुसीको कुरा भएको बताए । उनले भने लक्ष्मीकिशोरका कथा लेखनमा अभिव्यक्तिको कला, सिल्प, शैली र सौन्दर्य जस्ता सबै गुण रहेकाले पाठकको मन छुने छ ।
नेपाल सरकारका सचिव, साहित्यकार खगराज बरालले लक्ष्मीकिशोरको कथा कृतिमा यौन मनोविज्ञान र दार्शनिक पाराको रहेको बताए ।


समारोहका अध्यक्ष साहित्यकार भुवनहरि सिग्देलले लक्ष्मीकिशोरलाई ढल्कँदो उमेर बिर्सेर साहित्य सिर्जनामा लाग्न सुझाब दिए । भने “साहित्यमा उमेर हुँदैन लक्ष्मीकिशोर साहित्यका लागि १६ वर्षको भर्खरको उमेरमा हिड्नु भएको छ ।” साथै यसलाई निरन्तरता दिन सुझाब दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *