क्याम्पस प्रशासनले शुल्क वृद्धि फिर्ता नलिएसम्म अनशन जारी

कठमाडौं /२३ पुष – मकवानपुर बहुमुखी क्याम्पसमा मंगलबारदेखि शुल्क वृद्धिको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले रिले अनशन सुरु गरेको छ ।
क्याम्पस प्रशासनले नयाँ विद्यार्थी भर्नामा सय प्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेपछि स्ववियुको अगुवाइमा विभिन्न विद्यार्थी संगठनले रिले अनशन सुरु गरेका हुन् । अनेरास्ववियु सभापति कुमार केसी, अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी अनशनमा बसेका छन् ।
क्याम्पस प्रशासनले शुल्क वृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने स्ववियु सभापति कुमार केसीले खबर एजुकोशन लाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *