ग्लोबल कलेजद्वारा अत्याधुनिक ट्रेनिङ प्रयोगशाला सञ्चालन

काठमाण्डौं २३ पुष– ग्लोबल कलेज अफ हस्पिटालिटी म्यानेजमेण्टले काठमाण्डौंको पुरानो बानेश्वर स्थित अत्याधुनिक ट्रेनिङ प्रयोगशाला संचालनमा ल्याएको छ ।
कलेज प्रांगणमा आयोजना गरेको उक्त कार्यक्रममा आईतबार पूर्व गभर्नर डा. तिलक रावल, करन सिंह ठगुन्ना र डा. गंगा दाहालले संयुक्त रुपमा प्रयोगशालाको शुभारम्भ गरे । सो कार्यक्रममा करन सिंह ठगुन्नाले ग्लोबलले ल्याएको यस्तो आयोजनाले नेपालमा रहेको बेरोजगारी समस्यामा हल गर्न सघाउ पुर्याउने बताए।
आधुनिक स्तरको वैदेशिक शिक्षालाई नेपालमा नै सञ्चालन गर्ने उद्देश्यले गरेको उक्त प्रयोगशालाबाट हस्पिटालिटी विषय अध्ययन गर्ने विद्यार्थीहरुको शिक्षण सिकाईमा सहयोग पुग्ने ग्लोबल संचालक समुहकोे विश्वास रहेको छ । कार्यक्रममा ठगुन्नाले प्रयोगशाला ट्रेनिङ सम्बन्धी नयाँ कुराहरू, जानकारीमुलक स्रोत तथा वेब साइट, सोसल मिडिया र ब्रोसर आदि सार्वजनिक गर्दै नयाँ भर्ना योजना बारे विस्तृत जानकारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *