जागिर खानकै लागि एमबीए नपढौं


पंकज जलान
सञ्चालक
लर्ड बुुद्ध कलेज


अन्तर्राष्ट्रिय विश्वविद्यालयको एमबीए सञ्चालन गरिरहनुु भएको छ । तपाईको बुुझाइमा एमबीए कस्तो विषय हो ?


काठमाडौं /२२ पुष -पहिले र अहिलेको एमबीएको परिभाषा नै फरक भएको छ । पहिलो एमबीएले फाइनाइस, मार्केटिङ र चार्टर एकाउन्ट पढेका विद्यार्थीले मात्र पढ्न पाउथे भने विद्यार्थीले त्यही विषयमा करियर बनाउनु पथ्र्यो । तर, अहिले आएर एमबीएको विधा फरक भएको छ । विषयलाई वर्गीकृत गरिएको छ । जस्तै ः अहिले एमबीबीएस गरेका विद्यार्थीले पनि एमबीए गर्न सक्छन् । पहिले यो सम्भव थिएन । एमबीबीएस पढेका विद्यार्थीहरु प्राविधिक ज्ञानका साथै हस्पिटल वा नर्सिङ होम सञ्चालनका लागि व्यवस्थापनको ज्ञान लिन र सिप विकास गरी आफूलाई व्यवस्थापकीय क्षेत्रमा दक्ष बनाउन उनीहरु एमबीए गर्छन् ।
अधिकांश दक्षिण एसियाली राष्ट्रहरुमा मानिसहरु नामको पछाडी दौडिने परिपाटी रहेको छ । त्यसभित्र के, कस्ता विषय छन्, हेर्दैनन् । नेपालको अवस्था पनि त्यस्तै छ । भारतमा बीबीए भन्दा पनि बीकम गर्नेको संख्या धेरै रहेको छ । बीकम गर्नेहरुले सहज रुपमा जागिर समेत पाईरहेका छन् ।
एमबीए भनेको बढी अभ्यास भएको, नविन विचार भएको, रचनात्मक बृद्धि भएकाले पढ्ने विषय हो । यो किताबको भरमा पर्ने विषय होइन । यसलाई अभ्यास बढी चाहिन्छ ।


एमबीएको प्रकार फरकफरक छ भन्नुुभयो ? यसमा विद्यार्थीले कसरी आफ्नो भविष्य सुनिश्चित गर्न सक्छन् ?


विद्यार्थीले एमबीए ग¥यो भन्दैमा सहज रुपले जागिर पाउँछ भन्ने छैन । एमबीए देश अनुसार पढाउने तरिका पनि फरकफरक छ । अन्तर्राष्ट्रिय एमबीए रिसर्चमा आधारित हुनुका साथै प्रयोगात्मक शिक्षामा जोड दिइन्छ । यसका साथ साथै केश स्टडिज, असाइनमेन्ट जम्मा गर्ने, प्रोजेक्ट गर्ने जस्ता काममा बढी प्रथामिकता दिइन्छ । कक्षामा सौद्धान्तिक कुरालाई कमै प्रथामिकता दिइन्छ । यसरी अध्ययन गरेका विद्यार्थीहरुले आफै व्यवसाय सुुरु गर्न सक्छन् ।
अहिले जुन टेक्निकल प्लस एमबीएको विचार छ, त्यो धेरै प्रभावकारी देखिएको छ । उदाहरणका लागि भारतमा सिभिल इन्जिनियरिङले एमबीए गरेको देख्न सकिन्छ । यसको फाइदा के हो भने प्राविधिक ज्ञानसँगै व्यवस्थापनको सीप विकास भयो । विषयका बारेमा राम्रो सँग बुुझी, पढ्नुुपर्छ भन्ने सोचका साथ अध्ययन गरेमा उनीको भविष्य राम्रो रहेको छ ।

एमबीए अध्ययन गर्न चाहाने विद्यार्थीले के का आधारमा कलेज छनोट गर्ने ?


विद्यार्थीले पहिले आफू के का लागि एमबीए अध्ययन गर्न लागेको निर्णय गर्नुपर्छ । कुनैपनि विषय अध्ययन गर्दा कागजको लागि मात्र नभएर ज्ञानको लागि र सीपको लागि गर्नुु पर्छ । एमबीए आफैमा सीप विकास गर्ने साधन भएको हुँदा त्यही सोचका साथ पढ्नुुपर्छ । हामी काँहा एमबीए भनेको जागिर खाने साधनका रुपमा लिइन्छ तर होइन । एमबीएले विद्यार्थीमा सीपको विकास गराउँछ । तपाई सँग सीप छ भने जागिर तपाईको पछाडि पछाडि आउँछ । त्यसैले ज्ञान आर्जन गर्ने तरिकाले पढ्नु पर्छ ।
नेपालको एमबीए डिग्री अरु देशको दाँजोमा फरक छ । पढाउने तरिका पनि फरक छ । अन्तर्राष्ट्रिय डिग्रीमा पढाउने तरिका र अवधारण नयाँ छ तर नेपालमा भने पुरानै शैलीमा पढाइ हुँदै आएको छ । पहिलाको दाँजोमा अहिले केही परिवर्तन आएको भने देख्न सकिन्छ । एमबीए गरिसकेपछि तपाईले पढेको सबै कुरा व्यवसाय गर्दा लागू हुँदैन । यसले विद्यार्थीहरुलाई सहयोग मात्र गर्ने हो । विद्यार्थीहरु आफै विवेक प्रयोग गर्ने हो । पढेको कुरालाई कसरी व्यवहारिक रुपमा प्रयोग गर्न सकिन्छ भनेर दिमाग चलाउने काम भनेको विद्यार्थी कै हो । त्यसका लागि अभ्यासको आवश्यकता पर्छ, जुन अन्तर्राष्ट्रिय डिग्रीमा छ भने हाम्रोमा छैन ।
विद्यार्थीहरुले कलेज छनोट गर्दा यसलाई पनि ध्यान दिन आवश्यक छ । अनलाइनमा, वेवसाइटमा राखेको सूचनाका आधारमा भन्दा पनि प्रत्यक्ष मान्छेसँग भेटेर, एकदुुई जनालाई सोधेर कलेज बुुझ्ने बानी गर्नुपर्छ । यसो गर्दा कलेजका धेरै कुरा थाहा हुन्छ ।


तपाईको कलेजमा एमबीए कस्तो छ ? र शुल्क कति लाग्छ ?


हामी काँहा एमबीए गर्ने हो भने ६ महिनासम्म एमबीएको अवधारणका पढाउँछौं । यसै क्रममा विद्यार्थीले थेसिस पनि गर्नुपर्छ । हाम्रोमा अन्तर्राष्ट्रिय पाठ्यक्रम पढाइ हुन्छ । तेस्रो सेमेस्टरमा विद्यार्थीले इन्र्टनसिप गर्दै रिसर्च पनि गर्छन् । त्यहीको आधारमा सेमेस्टर पूरा गर्छन् । रिसर्च गरेपछि विद्यार्थीलाई मार्केटमा के कस्ता समस्या छ भन्ने कुरा थाहा हुन्छ भने नयाँ कुरा पनि थाहा पाउँछन् । साथै हामी काँहा अतिरिक्त क्रियाकलाप पनि हुन्छ । सीभी कसरी लेख्ने, प्रपोजल राइटिङ्ग कसरी बनाउने, अन्तर्वार्ता कसरी दिने लगायता कुरा सिकाउँछौं । त्यो बाहेक ५४ वटा व्यवसायिक टे«निङको प्याकेज छ । यो प्याकेजबाट विद्यार्थीले २/४ वर्ष भित्र ८–१० वटा ट्रेनिङ लिन पाउँछन् । एडभान्स टे«निङ, डिजिटल मार्केटिङ ट्रेनिङ लगायतका ट्रेनिङ दिने गरेका छौं । जसले गर्दा पनि विद्यार्थीहरुले हामी काँहा विभिन्न अवसर पाउँछन् । हाम्रो कलेजमा एमबीए अध्ययन गर्नका लागि साढे चार देखि पौने पाँच लाख सम्म शुल्क लाग्छ ।


छात्रवृत्तिको व्यवस्था कस्तो छ ?


हामी काँहा ज्ञानदीप र मेरिटका आधार छात्रवृत्ति प्रदान गरिन्छ । ज्ञानदीप छात्रवृत्ति अन्तर्गत विद्यार्थीले स्नातक तहमा प्राप्त गरेको अंकका आधारमा ट्युसन शुुल्कमा छात्रवृत्ति पाउछन् भने मेरिट अन्तर्गत विद्यार्थीले पहिलो सेमेस्टरमा जति प्रतिशत प्राप्त गरेको छ । दोस्रो सेमेस्टरमा जाँदा उत्ति नै छात्रवृत्ति पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *