कक्षा ११ र १२ को परीक्षा आवेदन सम्बन्धि सूचना

काठमाडौं/१७ पुुष– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को परीक्षा आवेदन फारम भर्न सूचना जारी गरेको छ ।
पनिकाले बैशाख महिनामा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षा आवेदन फारम नियमित शुल्कमा पुुस १५ गतेदेखि माघ १५ गतेसम्म भर्न सूचना जारी गरेको छ । नियमित विद्यार्थीहरुका लागि पनिकाले परीक्षा आवेदन शुल्क ६ सय रुपैंया तोकेको छ । पनिकाका अनुसार ग्रेडबृद्धि र आंशिक परीक्षार्थीले समेत परीक्षा फारम भर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *