केपी शर्मा ओलीद्वारा त्रिविको रजिष्ट्रारमा पेशल दाहाललाई नियुक्त

काठमाण्डौं/१३ पुष– त्रिभुवन विश्वविद्यालयको कुलसचिव (रजिष्ट्रार) मा प्रा.डा. पेशल दाहाललाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको कुलपतिको हैसियतले दाहाललाई उक्त पदमा नियुक्ती गरेका हुन् । त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले सो पदका लागि दाहाललाई सिफारिस गरीएको थियो । नियुक्ति पाएलगत्तै रजिष्ट्रारमा दाहालले शुक्रबार नै पदबहाली गरेका छन् ।

दाहाल छथर पोखरी –३ तेह्रथुम स्थायी घर भई हाल कामनपा –३२ कोटेश्वरमा बस्दै आएका छन् ।
त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिम उनको पदावधि ४ वर्ष सम्म रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *