आजदेखि विद्यालय बन्द

काठमाण्डौं/११ पुष– बुटवल उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरू अत्यन्त चिसोका कारण आजदेखि तीन दिन सम्मका लागि बन्द गरिएको छ ।
अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण उपमहानगरपालिकाले उक्त क्षेत्र भित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो । स्थानिय विदा प्रायोजनका लागि भनेर छुट्याईएको विदाबाट कट्टा गरी हाल तीन दिन सम्मका लागि विद्यालय बन्द गरीएको सामान्य प्रशासन महाशाखाका वरिष्ठ अधिकृत शिवनारायण शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *