स्कूल खबर अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न


काठमाण्डौं/८ पुस–समृद्ध एड मिडिया नेटवर्कद्वारा प्रकाशित स्कूल खबर पत्रिकाको आयोजनामा गरीएको स्कूल खबर अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ ।
विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरीएको कार्यक्रमका संयोजक माधव पाण्डेले जानकारी दिनुभयो । हाजिरी जवाफ प्रतियोगितामा काठमाण्डौंका केएमसी स्कूल, लिभरपुल स्कूल, ईनोभेटिभ ईङ्ग्लिस स्कूल, नेशनल एकेडेमी स्कूल, काठमाण्डौ जेभियर पब्लिक स्कूल, अवेयरनेस ईन्टरनेशनल एकेडेमी स्कूल, सेन्ट जोसेफ ईङ्ग्लिस एकेडेमी, ग्लोबल पब्लिक स्कूल र व्हिज किड्स स्कूल गरी जम्मा ९ वटा विद्यालयहरूको सहभागीता रहेको थियो । उक्त स्कूलहरूका बीचमा भएको प्रतियोगितामा ग्लोबल पब्लिक स्कूलले प्रथम स्थान, सेन्ट जोसेफ ईङ्ग्लिस एकेडेमीले द्वितिय स्थान र लिभरपुल स्कूलले तृतीय स्थान हासिल गरेका थिए भने प्रतियोगितामा सहभागी अन्य सम्पूर्ण स्कूलका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरीयो ।


कार्यक्रमका प्रमुख अतिथि केएमसी स्कूलका प्रधानाध्यापक दामोदर हुमागाईंले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले स्कूल तथा कलेजमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढ्दो क्रममा रहेको बताउनु भयो । साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथि डा. ध्रुव भट्टराईले समय समयमा गरीने यस्ता कार्यक्रमबाट विद्यार्थीहरू सामान्य ज्ञान सम्बन्धि अझ बढी सक्रिय हुंदै जाने कुरा व्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन भने रीमा कर्माचार्यले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *