धर्मको अनादर ग¥यो भन्दै विश्वविद्यालयका शिक्षकलाई मृत्युदण्ड


काठमाण्डौ /७ पुस —पाकिस्तानको एक विश्वविद्यालयमा पढाउने शिक्षकलाई धर्मको विपरीत कार्य गरेको भन्दै मृत्युदण्डको सजाय सुनाईएको छ । पाकिस्तानमा धर्म निन्दालाई गम्भीर अपराधका रुपमा हेर्ने गरिन्छ । यसरी आरोप मात्रै लागेका व्यक्ति पनि अतिवादी समूहको निशानामा पर्ने गरेका छन् ।
६ वर्ष पहिले सन् २०१३, मार्च मा अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हासिल गरेका ३३ वर्षीय जुनैद हफिजलाई पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरु लेखेको आरोपमा पक्राउ गरेको थियो । सन् २०१४ मा हफिजको मुद्धा लडिरहेका वकिल रसिद रेहानलाई एक बन्धुकधारीले मारेको थियो । जेलभित्र अन्य बन्दीहरुबाट पनि आक्रमण भएपछि हफिजलाई केही समय एक्लो कोठामा कैद पनि गरीएको थियो ।
हफिजले फूलब्राइट छात्रवृत्ति अन्तर्गत अमेरिकामा स्नातकोत्तर गरेका थिए । अध्ययनपछि पाकिस्तान फर्किएर हफिजले बहायद्यिन जकारिया युनिभर्सिटीमा अध्यापन गराउन थाले । उनी विश्व विद्यालयबाट पक्राउ परेका थिए । मुल्तान सहरस्थित केन्द्रीय कारागारमा उनलाई सजाय सुनाईएको हो । उनका वकिलले फैसलालाई दुर्भाग्यपूर्ण भन्दै त्यस विरुद्ध पुनरावेदन दिने भनी समाचार संस्था एएफपीलाई बताएका छन् ।


ईस्लाम पाकिस्तानको राष्ट्रिय धर्म हो । धर्म निन्दासम्बन्धी कडा कानुनको पक्षमा जनसमर्थन समेत रहिआएको छ । सन् १९९० को दशक यता कयौं ईसाइहरू धर्म निन्दाको आरोपमा दोषी ठहर भएका छन् भने ईश्वर निन्दाको आरोपमा कम्तीमा ६५ जनाको हत्या भएको छ ।
अहिलेसम्म पाकिस्तानमा ४० जनालाई मृत्युदण्ड सुनाईएको छ तर सजाय भने कार्यन्वयन गरिएको छैन । पाकिस्तानमा इस्लाम धर्मको अनादर गर्नेलाई मृत्युदण्ड हुने कडा सजायको व्यवस्था छ । एमनेस्टी ईन्टरनेसनलले फैसलाबाट निकै दुःख र आश्चर्य चकित भएको भन्दै उक्त फैसला अन्यायपूर्ण भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *