एमबीए अध्ययनमा विद्यार्थीको पहिलो रोजाइ त्रिभुवन विश्वविद्यालय


काठमाडौं/६ पौष -त्रिभुवन विश्वविद्यालयको एमबीए अध्ययन विद्यार्थीहरुको पहिलो रोजाइ भएको छ । त्रिविमा एमबीए अन्तर्गत एमबीए इन्र्फमेसन टेक्नोलोजी, एमबीए ग्लोबल लिडरसीप, एमबीए फाइनेन्स, जेनेरल एमबीए पढाइ हुन्छ । त्रिभुवन विश्वविद्यालयले एमबीएको पाठ्यक्रम बजारको माग र अन्तराष्ट्रिय स्तरमा मिल्ने गरि पाठयक्रमको निमार्ण गरेको छ । त्रिवि कै उत्कृष्ट प्रोफेसरहरुले अनुसन्धानमा आधारित भएर पाठ्यक्रम निमार्ण गरिएका कारण पाठ्यक्रमहरु समय अनुसार परिवर्तन गरि निर्माण गरिन्छ ।


त्रिभुवन विश्वविद्यालयमा एमबीए अध्ययन गर्ने विद्यार्थीहरुले विदेशि विश्वविद्यालयहरुमा जस्तै अमेरिका, भारत, थाइल्यान्ड, चिन लगायतका देशहरुको सहकार्यमा विभिन्न अवसरहरु पनि प्राप्त गर्छन् । एमबीए पढ्ने विद्यार्थीले राष्ट्रमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा पनि उत्तिकै भूमिका निर्वाह गर्न सक्छन । त्यसैले त्रिभुवन विश्वविद्यालय एमबीए अध्ययन गर्ने विद्यार्थीहरुको पहिलो रोजाइ बन्न पुगेको छ । त्यसो त नेपालको पुरानो विश्वविद्यालय पनि हो जाहा सबै भन्दा धेरै विद्यार्थीहरुले अध्ययन गर्ने गर्छन ।


एमबीएलाई एक अन्तराष्ट्रिय स्तरको विषयका रुपमा पनि हेरिन्छ । त्यसैले संसारमा निकै प्रचलित विषयको रुपमा एमबीएलाई चिनिन्छ । एमबीए विज्नेशसंग सम्बन्धीत विषय भएको कारणले यसले समाज विकासमा पनि निकै ठूलो भूमिका खेल्दछ । एमबीएको विद्यार्थीले विज्नेश, कमर्स मात्र नभएर लिडरको भूमिका पनि निर्वाह गर्न सक्छन् । सबै क्षेत्रमा अहिले विजनेश आवश्यक भएको कारण यो विषय पढेका विद्यार्थीले जागिरको राम्रो अवसरहरु प्राप्त गर्ने गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरु कोहि पनि बिना जागिर बस्नु परेको छैन् । सबै विद्यार्थी कुनै न कुनै क्षेत्रमा आवद्ध भएका छन् । साथै ५० प्रतिशत विद्यार्थी आफैले जागिर उत्पादन गर्ने र विद्यार्थीहरुले आफ्नै विज्नेश सुरु गरेको कुरा त्रिभुवन विश्वविद्यालय ब्यवस्थापक संकायका प्रो. डा. महानन्द चालिसेले बताए ।


त्रिभुवन विश्वविद्यालयमा मास्टर्स अफ बिजनेश एड्मिनिस्ट्रेसन दुई वर्ष गरी ४ वटा सेमेस्टर प्रणाली अनुसार पढाइ हुन्छ । २ वर्षको अवधिमा ६० क्रेडिटको पढाइ हुन्छ । त्रिविमा एमबीए इन फाइनेन्स, एमबीए इन इन्ट्रपेनर एण्ड इन्ट्रप्राइज डेभेलप्मेण्ट, एमबीए इन मार्केटिङ, एमबीए इन हयुमन रिर्सोसेस विषय पढाइ हुन्छ । त्रिविमा हरेक सेमेस्टरमा १६ हप्ता पढाइ हुन्छ । त्रिभुवन विश्वविद्यालयमा एमबीए अध्ययन गर्नको लागि १५ वर्षको औपचारिक शिक्षा प्राप्त गरेको हुनपर्छ । जसमा १२ वर्षको माध्यमिक शिक्षा र ३ वर्षको स्नातक तहको औपचारिक शिक्षा आवश्यक पर्छ । यो विषय अध्ययन गर्नका लागि विद्यार्थीले सबै विषयमा कम्तीमा पनि २ जिपिए प्राप्त गरेको हुनुपर्छ ।

त्रिभुवन विश्वविद्यालयमा एमबीए अध्ययन गर्ने विद्यार्थीले ३ लाख ८५ हजार रुपैंया तिर्नु पर्ने हुन्छ । सार्क राष्ट्रका विद्यार्थीले भने ४ लाख ९४ हजार रुपैया तिर्नु पर्ने हुन्छ । विश्वविद्यालयले भर्ना हुनु अघि १० हजार रुपैंया राख्छ र विद्यार्थीको पढाइ पुरा भएपछि फिर्ता गर्छ । त्रिभुवन विश्वविद्यलायमा वर्षको दुई पटक भर्ना लिइन्छ । ६/६ महिनाको अन्तरालमा ७०/७० गरि १४० जना विद्यार्थीको भर्ना लिइन्छ । त्रिविले कुनै पनि अन्य संस्थाहरुलाई भने एमबीए अध्यापन अनुमति दिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *