काठमाण्डौं/६ पुस –सप्तरीको राजविराज नगरपालिकामा रहेका विद्यालयहरु चिसो बढेसँग आजदेखि ३ दिनका लागि बन्द गरिएको छ ।
दिनभर बाक्लो हुस्सु लाग्ने र कठ्याङ्ग्रिने जाडो भएकाले नगरपालिकाले नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय ३ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख शम्भु प्रसाद यादवले जाडो बिदा प्रयोजनका लागि छुटाइएको ६ दिन विदामध्ये हाललाई पुस ६ गतेदेखि तीनसम्म विद्यालय बन्द गरिएको बताए । राजविराज नगरपालिका अन्तर्गत ४२ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।
चिसो बढेसँगै राजविराज नगरपालिकाका विद्यालय ३ दिनका लागि बन्द
