पोखरा विश्वविद्यालयले जागिर गर्दै पढ्ने विद्यार्थीलाई समेत ध्यानमा राखी मास्टर्स अफ विजनेश एड्मिनिस्ट्रेसन (एमबीए) अन्तर्गत दुई वटा कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । विश्वविद्यालयले पूर्ण समय दिएर पढ्ने र जागिर गर्दै अध्ययन गर्ने विद्यार्थीका लागि छुटाछुटै एमबीए कार्यक्रम सञ्चालन गरेको छ । पूर्ण रुपले समय दिएर पढ्ने विद्यार्थीका लागि दुई वर्षे कोर्ष छ भने जागिर गर्दै पढ्ने विद्यार्थीका लागि साढे २ वर्षको कोर्ष पढाइ हुन्छ ।
यसैगरी, पोखरा विश्वविद्यालय अन्तर्गत ई–एमबीए कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । जुन अहिले विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको पाइन्छ । दुई वर्षे यो कोर्ष विशेष गरी जागिर गर्ने विद्यार्थीका लागि तयार पारिएको कोर्ष हो । यसको कक्षा इभिनिङमा हुन्छ । जुनसुकै विषय पढेका विद्यार्थीले पनि यो कोर्ष अध्ययन गर्न सक्छन् तर, दुई वर्ष कुनै पनि पेशामा आवद्ध भएर काम गरेको भने हुनुपर्छ ।
व्यवस्थापन संकाय अन्तर्गत पढाइ हुने यो विषय अध्ययन पछि विद्यार्थीहरुले विभिन्न कलकारखाना, उद्योग, बंैक लगायतका क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्न सक्छन् । एमबीए कुनै पनि प्रकारको कारोबार सञ्चालनका लागि सीप सिकाउने विषय पनि हो ।
एमबीए एक व्यावहारिक शिक्षामा आधारित भएर पढाई हुने विषय भएका कारण पोखरा विश्वविद्यालयले विद्यार्थीका लागि भनेर इन्टर्नसिप र केस अध्ययनका लागि विभिन्न समयमा लेक्चरहरु बोलाएर सेमिनारको समेत व्यवस्था गर्ने गरेको छ ।
स्नातक तहको अध्ययन पछि धेरै विद्यार्थीको रोजाईमा पर्ने यो विषयपोखरा विश्वविद्यालय अन्तर्गत अध्ययन गर्नका लागि विश्वविद्यालयले लिने प्रवेश परीक्षाउत्तीर्ण गर्नुपर्ने हुन्छ । पोखरा विश्वविद्यालयले एमबीए अन्तर्गत वर्षमा दुई चोटि भर्ना लिन्छ भने अहिले ९ वटा कलेजहरुले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई एमबीए कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यस्तै स्कूल अफ विजनेस विश्वविद्यालयले आफै संचालन गरेको छ ।
पोखरा विश्वविद्यालयको कुन कुन कलेजमा एमबीए पढाई हुन्छ र कति छ शुल्क ?
