त्रिविको ४५ औं दीक्षान्त समारोह आज हुँदैछ

काठमाडौं/३ पुस– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५ औं दीक्षान्त समारोह आज हुँदैछ ।
पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा आयोजना भएकाे समारोहमा १० हजार १ सय ८४ विद्यार्थी दिक्षित हुने त्रिविले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा हुन लागेको समारोहमा उत्कृष्ट अकं ल्याउने विद्यार्थीलाई विभिन्न ३१ वटा विधामा पदक तथा पुरस्कारसमेत प्रदान गरिनेछ ।
त्रिविका अनुसार समारोहमा करिब ६ हजार ९ सय अभिभावक सहभागी हुदैंछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *