नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएकी शिक्षिका विरुद्ध मुद्दा दायर

काठमाडौं/१ पुस– नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनशिशु कल्याण प्राथमिक विद्यालय, जोरपोखरी तनहुँकी शिक्षिका तिलमाया गुरुङ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनले विहार संस्कृत शिक्षा बोर्ड पटना, भारतबाट मध्यमा तहको झुठ्ठा प्रमाणपत्र पेश गरी नियुक्ति लिई हालसम्म सरकारी सुविधा तथा लाभसमेत लिएकाले मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
उनले सोही शैक्षिक प्रमाणपत्रका आधारमा पदमा नियुक्ति भई सुविधा तथा लाभसमेत लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण एने, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *