स्नातक तह अध्ययनका लागि कलेज छनौट गर्दा निम्न कुरामा ध्यान दिउँ


काठमाडौं /१४ माघ – स्नातक तह अध्ययनका लागि कस्तो कलेज छनोट गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसकारण कलेज छनौट गर्दा निम्न कुराहरुमा ध्यान दिएर छनोट गरियो भने अध्ययनमा सहज पुग्छ ।

१. कलेजको शैक्षिक प्रतिष्ठा
कुनै विद्यार्थीहरु आफूले पढ्ने कलेजको शैक्षिक प्रतिष्ठा राम्रो छ कि छैन भन्ने कुराको पहिले अध्ययन गर्न जरुरी छ । यसले कस्ता प्रध्यापकहरुले कलेजमा अध्ययन गराँउछन् भन्ने कुराको पुष्टि गर्छ । खास गरेर व्यवसायिक प्रध्यापकहरुको पढाई राम्रो मानिन्छ ।

२. विश्वविद्यालयको सम्बन्धन
कलेजले कुन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ भन्ने कुरा ख्याल गर्नुपर्छ । नेपालको सन्दर्भमा नेपाली विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका कलेजहरु उत्तम मानिन्छ । यसले कलेज छनौटमा निर्णय लिन मद्दत पु¥याउँछ ।

३. कलेज शुल्क तथा छात्रवृत्ति
धेरै शुल्क हँुदैमा कलेजको पढाइ राम्रो स्तरको हुन्छ भन्ने जरुरी छैन । आर्थिक रुपमा अफूलाई सहज हुने खालको कलेज छनौट गर्नु पर्छ । यसका साथै कलेजले के–कस्ता छात्रवृत्ति प्रदान गर्दछ भन्ने विषयमा हेक्का राख्नु पर्छ । यसले आर्थिक भार कम हुन्छ र व्यक्तित्व निमार्णमा पनि सहयोग गर्दछ ।

४.कलेजको भौतिक पूर्वाधार
उचित शिक्षाका लागि कलेजको राम्रो भौतिक पूर्वाधार अत्यावश्क हुन्छ । विभिन्न कार्यक्रम र कक्षा सञ्चालनका लागि पनि भौतिक पूर्वाधार राम्रो हुनु जरुरी छ । यसले कलेजको मात्र नभई त्यहाँ पढ्ने विद्यार्थीको आकर्षणमा सकरात्मक प्रभाव पार्दछ ।

५. अध्यापकहरुको योग्यता र अनुभव
विद्यार्थीले कलेजको शैक्षिक जनशक्तिको विवरण थाहा पाएर वा जानकारी लिएर जाँदा राम्रो हुन्छ । सफल र अनुभवि अध्यापकहरुसँगको मिलनले राम्रो व्यक्तित्व निर्माण गर्ने हुँदा शिक्षकहरुको योग्यता र तिनीहरुको अनुभवलाई पनि हेर्नु आवश्यक छ ।

६. खोज तथा अनुसन्धान
कलेजले खोज तथा अनुसन्धानमा के कति प्राथमिकता दिएको छ र के–कस्ता कुराहरुमा अनुसन्धान गरेको छ भन्ने जानकारी लिन जरुरी छ । यस्ता खोज तथा अनुसन्धान कार्यहरुमा विद्यार्थीहरुको संलग्नताले व्यावसायीक सीप विकासमा सहयोग गर्छ ।

७. कलेज सञ्चालक तथा संयोजकको पृष्ठभूमि
कलेज संचालन गर्न निकै चुनौतीपूर्ण हुन्छ । तसर्थ, कलेजका सञ्चालक तथा संयोजक कस्तो पृष्ठभूमीका छन् भन्ने कुराको हेक्का विद्यार्थीले राख्नुपर्दछ । यसले कलेजमा आउने अप्ठेरोहरुलाई भविष्यमा सहज सामना गर्न सक्ने छ कि छैन्, कलेज राम्रोसँग सञ्चालन गरीरहेको छ कि छैन, तिनीहरुको अनुभव के कस्तो छ, साथै संचालक कुन क्षेत्रबाट आएको हो त्यसको पृष्ठभूमि बुझ्नु आवश्यक छ ।

८. विगतको सफलता
कलेजले शैक्षिक तथा व्यवसायिक सफलता के–कति प्राप्त गरेका छन् । साथै कलेजको विगतको नतिजा कस्तो रहेको छ, त्यो विद्यार्थीहरुले बुझ्न जरुरी छ ।

९. तालिम, गोष्ठी तथा सेमिनार
तालिम, गोष्ठी तथा सेमिनार जस्ता कार्यक्रमहरुले विद्यार्थीको व्यवसायिक सोचलाई वृद्धि गर्दछ । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको पढाई तथा कार्यहरुमा थप उर्जा प्रदान गर्दछ । त्यसैले कलेजले यस्ता कार्यक्रमलाई कत्तिको प्राथमिकता दिएको छ, त्यो बुझ्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *