उत्तरपुस्तिका साटफेर गरेको अभियोगमा त्रिवि पनिकाका लेखा अधिकृत सहित ४ जना विरुद्ध मुद्दा

काठमाडौं/२३ मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटी परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटकै हिरा कटुवालको उत्तर पुस्तिका साटफेर गर्न सघाएको अभियोगमा दुई विद्यार्थी सहित त्रिवि पनिकाका लेखा अधिकृत कमलप्रसाद दाहाल र त्रियृुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरी विरुद्ध आयोगले आईतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्ताङ्क फेरबदल, साटासाट तथा उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकललाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पानाहरु घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरी सोही वास्तविक कभरपेजमा स्टिज लगाउने गरेको उजुरी उपर अनुसन्धान गर्दा उक्त तथ्य पुष्टि भएको हो ।
त्रिवि पनिकाका लेखा अधिकृत कमलप्रसाद दाहालले त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी निजहरु जानुका आलेमगर र हिरा कटुवालका परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिकाहरु तेजनारायण चौधरीमार्फत लिई साटफेर गरेको आयोगले जनाएको छ ।
यसैगरी, त्रियुगा जनता बहुमुखी क्याम्पस उदयपुर गाईघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरीले त्रिभुवन विश्विद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत दाहाल, त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटकी परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस गाईघाटकी परीक्षार्थी हिरा कटुवालसँग एक आपसमा मिलेमतो गरी जानुका आलेमगर र हिरा कटुवाललाई परीक्षा केन्द्र बाहिर अर्को उत्तरपुस्तिकमा लेख्न लगाई परीक्षा केन्द्र बाहिर लेखिएका उत्तरपुस्तिकाहरु निजहरुबाट आफूले लिई कमलप्रसाद दाहाललाई दिई उत्तरपुस्तिकाहरु साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गरेको आयोगको भनाई छ ।
त्यस्तै,परीक्षार्थी जानुका आलेमगर र हिरा कटुवालले परीक्षा केन्द्रमा एउटा उत्तरपुस्तिकामा लेखी पुनःसोही विषयको उत्तरपुस्तिका परीक्षा केन्द्र भन्दा बाहिर लेखी एक आपसमा साटफेर गर्न/गराउन त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका तेजनारायण चौधरीलाई दिई निजले उक्त उत्तरपुस्तिकाहरु त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहाललाई दिई निजले उत्तरपुस्तिकाहरु साटफेर गरी/गराई परीक्षाको परिणममा फेरबदल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *