त्रिविबाट गत वर्ष ७० हजार ७७ जना उत्तीर्ण


काठमाडौं/१९ मंसिर– त्रिभुवन विश्वविद्यालयमा गत वर्ष विभिन्न संकायमा गरी ७० हजार ७७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्रिविका रजिष्ट्रार डिल्लीराज उप्रेतीका अनुसार एमफिलमा १ सय ७१, पिजिडीमा २ सय १४, विद्यावारिधि, एमसिएच डिएममा १ सय ५ रहेका छन् । गत वर्ष व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८, शिक्षाशास्त्र संकायबाट २० हजार ६ जना, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १३ हजार ६ सय ९५ र कानुन संकायबाट १ हजार ६ सय ६६ उत्तीर्ण भएका छन् ।
यसैगरी, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ४ सय ५२, इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ९ सय ७२, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ७ सय १९ जना, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा ५ सय ५ जना र वन विज्ञान अध्ययन संस्थानतर्फ २ सय ६४ जना उत्तीर्ण भएका छन् ।
उप्रेतीले उच्च शिक्षा प्रदान गर्ने ३० देशका १ सय ६१ विश्वविद्यालयहरुसँग सम्झौता गरी संयुक्त अनुसन्धान र विद्यावारिधिका कार्यक्रमहरु सञ्चालन गर्न वातावरण बनाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *