दैलेखको चामुण्डा माध्यमिक विद्यालयले टोल टोलमा गएर शिक्षा संचालन गर्न सुरु


दैलेख/३० भदौ – दैलेखको चामुण्डा माध्यमिक विद्यालयले टोल शिक्षा संचालन गर्न सुरु गरेको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं। ३ हाडाकोटमा रहेको विद्यालयले कोरोना महामारीको विषम परिस्थितिमा सुरक्षा सतर्कता अपनाएर कक्षा सुरु गरेको हो ।

कोरोना संक्रमणका कारण ६ महिनादेखि बन्द रहेको विद्यालय कहिले सञ्चालन हुने टुंगो छैन । सरकारले वैकल्पिक माध्यमबाट शिक्षा लिन सरकारले आग्रह गरेपनि चामुण्डा बिन्द्रासैनी नगरपालिकामा उक्त सिकाइ प्रणाली सम्भव नभएपछि चामुण्डा माविले शिक्षकहरूलाई टोल टोलमा पठाएर शिक्षण सुरु गरेको हो ।

विद्यालयले अध्ययनरत विद्यार्थीका आधारमा ६ वटा टोलमा २/२ जना शिक्षक पठाइरहेको विद्यालयका प्रअ जय प्रसाद तिमल्सिनाले जानकारी दिए । गएको शुक्रबारबाट प्रत्येक दिन दुई घण्टाका दरले पठनपाठन भईरहेको तिमल्सिनाले बताए । उनका अनुसार गृहकार्य दिने, हस्ताक्षर सुधार गर्न लगाउने, शब्दार्थ कण्ठ गर्न लगाउने लगायत सिकाइ भइरहेको छ ।

प्रअ तिमल्सिनाले कक्षा १ देखि ५ सम्मको एउटा समुह र ६ देखि १० सम्मको अर्को समूह गरी अध्यापन भइरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *