पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा असोज १३ गतेदेखि

काठमाडौं/२९ भदौ- पूर्वाञ्चल विश्वविद्यालयले नियमित तर्फको सेमेष्टर प्रणालीको परीक्षा असोज १३ गतेदेखि सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा.सूर्यप्रसाद संग्रौलाले नियमित तर्फ पहिलो, तेस्रो, पाँचौ र सातौं सेमेष्टरको परीक्षा असोज १३ गतेदेखि तिहारको अघिल्लो दिन सम्म सक्ने गरी समय तालिका बनाएको बताए ।

नियमित तर्फ सेमेष्टर प्रणालीको परीक्षा वैकल्पिक “टाइम बाउन्ड होम एक्जाम” बाट सञ्चालन गरिने छ । विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद् निर्णयानुसार सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरु मात्र वैकल्पिक विधिबाट गर्ने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *