इरानमा करिब सात महिनापछि विद्यालय खुले

सांकेतिक तस्विर

काठमाडौं /२६ भदौ – इरानमा करिब सात महिनापछि विद्यालय खुलेको छ । कोरोना कहरसँगै बन्द भएको विद्यालय खोल्नु सरकारको निर्णयले देशका डेढ करोड बच्चामध्ये धेरै जसो स्कुलमा फर्केका छन् ।


इरानमा संक्रमण कम भएका ठाउँमा मात्र विद्यालय सञ्चालन गरिएको छ । सञ्चालनमा आएका केही स्कुलमा कोरोना संक्रमणबाट बच्न विद्यार्थीहरुलाई विशेष रुपमा तयार गरिएको अलगअलग नेट दिएको छ । जसभित्र बसेर विद्यार्थीले पढिरहेका छन् । इरानको रेड जोनमा रहेका विद्यालयहरु भने बन्द छन् ।

यस्तै, इरानी सरकारले यलो जोनका आफ्ना बच्चालाई स्कुल पठाउने वा नपठाउने भन्ने कुराको निर्णय गर्ने अधिकार अभिभावकलाई दिएको छ । जुन बच्चा स्कुल जान पाइरहेका छैनन् उनीहरुलाई भर्चअलु तरिकाबाट पढाउने काम भइरहेको छ । कयौं परिवारले कारोना भाइरसको डरले आफ्ना बच्चाहरुलाई स्कुल पठाइरहेका छैनन् । पढाइका लागि इरानी प्रशासनले कडा नियम बनाएको छ । ती स्कुलले ३५ मिनेट मात्र पढाउन पाउने छ । भर्चुअल कक्षा विशेष गरी सरकारी टेलिभिजन च्यानलमा प्रशारण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *