निजी विद्यालयका शिक्षकले तलब नपाएपछि भीमदत्त नगरको शिक्षा शाखा गरे तालाबन्दी

काठमाडौं/२५ भदौ – कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा निजी विद्यालयका शिक्षकहरुले ताला लगाई दिएका छन् । निजी विद्यालयका शिक्षकहरुले पारिश्रमिक नपाएको भन्दै तालाबन्दी गरेका हुन् । भीमदत्त नगरपालिका क्षेत्रका निजी विद्यालयका शिक्षकहरुले नगर शिक्षा शाखाले आफूहरुको विषयलाई गम्भीरता पूर्वक नलिएपछि तालबन्दी गरिएको जनाएका छन् ।


कञ्चनपुरका निजी विद्यालय शिक्षकका अगुवा माधव प्रशाद पन्तले पारिश्रमिक जस्तो विषयमा शिक्षा शाखा गम्भिर नभएकाले बाध्य भएर तालाबन्दी गरिएको बताए । कोरोना कहरका बेला समेत सरकारी निकायबाट आफूहरु उपेक्षित भएकाले बाध्य भएर तालाबन्दी गरिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *