शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी , अनुदान शिक्षकको तलब निकासा हुनुपर्ने माग


काठमाडौं /२४ भदौ – डडेल्धुराको शिक्षा विकास तथा समन्वय इकाईमा दुई बुँदे माग सहित शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरुले तालाबन्दी गरेका छन ।

डडेल्धुरा जिल्लाका सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफुहरूको तलब निकासा सहितको माग राखि तालाबन्दी गरेका हुन् । अहिलेसम्म शिक्षण सिकाई अनुदानको रकम निकासा नभएपछि उनीहरु आन्दोलित बनेको खबर एजुकेशनलाइ जानकारी दिए ।

यसअघि गत साउनमा शिक्षा इकाई मार्फत शिक्षामन्त्रीलाई ध्यानाकर्षण बुझाउँदा पनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनीहरुको भनाइ छ । पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण बुझाउँदा पनि आफूहरूका मागहरूको वेवास्था गरिएकोले बाध्य भएर आन्दोलनमा जानुपरेको अनुदान शिक्षक समिती डडेल्धुराका संयोजक केशव बहादुर साउदले खबर एजुकेशनलाई बताए ।

सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी , गणित र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शुन्य दरबन्दी भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । यो वर्ष कोरोनाको कारण जनाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा नगरेपछि शिक्षकहरु आन्दोलित बनेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *