स्कुल, कलेज बन्द भएपनि शिक्षण बन्द भएको छैन:शिक्षा मन्त्री

काठमाडौं/२३ भदौ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिने बताएका छन् ।


आज अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नुवाकोटमा आयोजित माध्यमिक तहको अन्तरपालिका स्तरीय नेपालय भर्चुअल वकृत्वकला बोल्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए । उनले वैकल्पिक बाटोबाट शिक्षण प्रदान गर्दा कोही पनि विद्यार्थीलाई नछुटाई हरेक विद्यार्थीलाई समेट्ने गरी योजना बनाउनुपर्ने बताए । अहिलेको अवस्थामा परम्परागत रुपमा शिक्षा प्रदान गर्न सम्भव नभएको बताउँदै उनले भने, स्कुल, कलेज बन्द भएपनि शिक्षण बन्द भएको छैन, शिक्षा बन्द गरिनु हुन्न, शैक्षिक क्षतिलाई कम गर्दै शैक्षिक सत्र सुनिश्चित गर्नुपर्छ ।


उनले वैकल्पिक र दूर शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन तहको सरकारको भूमिका महत्वपूर्ण रहेकाले स्थानीय तहलाई कार्य योजना बनाएर अघि बढ्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *