शिक्षा इकाई कञ्चनपुरमा तालाबन्दी

काठमाडौं/२३ भदौ – शिक्षण सिकाई सहयोग अनुदान शिक्षक जिल्ला संघर्ष समिति, कञ्चनपुरले तलब निकासा नभएको भन्दै शिक्षा इकाई कञ्चनपुर र इकाई प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । उनीहरुले देशभरिका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिदै आएको शिक्षण सिकाई सहयोग अनुदानको रकम आगामी शैक्षिकसत्रका लागि अघिल्लो असारमै एकमुष्ट निकासा हुने गरेकोमा यो वर्ष दुई महिना वितिसक्दा पनि उक्त रकम निकासाको माग गर्दै तालाबन्दी गरेका छन् ।

सरकारले सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि शिक्षक अभाव भएका तथा शून्य दरबन्दी भएका विद्यालयहरुलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । तलब समयमै निकासा नहुँदा शिक्षकहरु आन्दोलित बनेका हुन् । उनीहरुले दरबन्दी मिलान तथा स्वयंसेवक शिक्षकको नियुक्तिका क्रममा शिक्षण सिकाई सहयोग अनुदानमा कार्यरत शिक्षकलाई विस्थापित गर्न नहुने माग राखेका छन् । यसैगरी, उजीहरुले २०७७ को शैक्षिक सत्रभरिको तलबभत्ता उपलब्ध गराउनु पर्ने माग राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *