रोकिएका परीक्षा अनलाइनबाट लिने सुदूरपश्चिमाञ्चल विश्वविद्यायको तयारी

काठमाडौं /२३ भदौ – सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले कोभिड-१९ का कारण रोकिएका परीक्षा अनलाइनबाट लिने तयारी गरेको छ ।


विश्वविद्यालयले असोजदेखि स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा अनलाइनबाट सञ्चालन गर्ने तयारी गरिरहेको छ । विश्वविद्यालयले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ जारी गर्नुका साथै अनलाइन परीक्षाका लागि सिकाइ व्यवस्थापन प्रणाली नामक सफ्टवेयरसमेत निर्माण गरेको छ । सफ्टवेयरमार्फत परीक्षार्थीलाई व्यक्तिगत इमेलमा प्रश्नपत्र पठाइने छ । परीक्षार्थीले तोकिएको समय अवधिभित्र उत्तरपुस्तीका स्क्यान गरी इमेलमार्फत परीक्षा नियन्त्रण कार्यालयलाई पठाउनुपर्नेछ छ ।


विश्वविद्यायलयका उपकुलपति प्रा.डा. अम्मराज जोशीले असोजबाट सञ्चालन गर्ने परीक्षाका लागि कार्यविधि समेत पास भइसकेको बताउनुभयो । उनले १४ वटै आङ्गिक क्याम्पससँग परीक्षा सञ्चालनका लागि छलफल गरेर लिखित रुपमा पत्राचार गरिसकेको जानकारी दिए ।


विश्वविद्यालयले अनलाइन परीक्षामा सहभागी हुन इन्टरनेट समस्या भएका विद्यार्थीका लागि ‘आइसिटी सेन्टर’ को स्थापना गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *