कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षकहरुले प्याब्सन र एन-प्याब्सनको कार्यालयमा लगाए ताला

काठमाडौं/२१ भदौ – कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै प्याब्सन र एन( प्याब्सनको कार्यालयमा ताला लगाएका छन्।


संस्थागत विद्यालय युनियन ९आईएसटीयू० ले प्याब्सन र एनप्याब्सन कञ्चनपुरको कार्यालयमा ताला लगाएका हुन् ।
आन्दोलनमा उत्रिएका कञ्चनपुरका शिक्षकहरुले गत वर्षको पुसदेखिको तलब नपाएको बताएका छन् । उनीहरुले
गत वर्षको सम्पूर्ण र लकडाउन अवधिको कम्तिमा तीन महिनाको तलब दिनुपर्ने माग राखेका छन् ।

आईएसटीयू कञ्चनपुरले जारी गरेको विज्ञप्तीमा संस्थागत विद्यालयहरुले गत शैक्षिक सत्रको तलब समयमै नदिएको र माग्दा निष्कासन गरेकाले पहिलो चरणमा तालाबन्दी गरिएको उल्लेख छ । तत्काल तलब नदिए थप आन्दोलन कार्यक्रम अगाडि बढाउने उनीहरूको चेतावनी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *