राज्यको पहुँच नपुगेको हुम्लामा वैकल्पिक शिक्षा घर न घाटको


जयरुद्र ढकाल
शिक्षा शाखा प्रमुख
ताँजाकोट गाउँपालिका ,हुम्ला


नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक अति विकट यातायतको पहुँच नपुगेको हुम्ला जिल्लाको यस शैक्षिक सत्र निकै धरापमा परिसकेको अवस्था छ । नेपालको एक हिमाली जिल्लाको रुपमा रहेको यस जिल्लाको नयाँ शक्षिक सत्र फाल्गुण १ बाट सुरु भई पौष १५ सम्म सञ्चालित हुन्छ । यहाँको निकै चिसो मौसमका कारण हिउँद ४५ दिन मिन पचास बिदा भएर फाल्गुणबाट नयाँ शैक्षिक सत्र हुन्छ । त्यसैगरी मंसिरको अन्तिममा वार्षिक परीक्षा सञ्चालन गरी शैक्षिक सत्र समाप्त हुने यस जिल्लामा भने यस वर्ष फाल्गुणमा विद्यार्थी भर्ना अभियान सकेर चैत्रको १ गतेबाट धमाधम पठनपाठन भइरहेको वेला विश्वमै महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारणले २०७६ सालको एसईई परीक्षा स्थगित भए सँगै देशभरका सम्पूर्ण विद्यायलहरु बन्द गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयासँगै यस जिल्लाका विद्यालय पनि बन्द भए ।

नेपालको एक हिमाली जिल्लाको रुपमा रहेको यस जिल्लाको नयाँ शक्षिक सत्र फाल्गुण १ बाट सुरु भई पौष १५ सम्म सञ्चालित हुन्छ । यहाँको निकै चिसो मौसमका कारण हिउँद ४५ दिन मिन पचास बिदा भएर फाल्गुणबाट नयाँ शैक्षिक सत्र हुन्छ ।


भौगोलिक विकटताको कठिनाइ सँगसँगै प्रतिकुल चिसो मौसमका कारणले विशेषगरी चैत्रबाट असोजसम्म राम्रोसँग पठनपाठन हुने यस जिल्लाको एक महत्वपूर्ण सिजन खेर गइसकेको अवस्था छ । विडम्वनाको कुरा लामो समयसम्म देशमा लकडाउन हुँदा सरकारबाट विभिन्न किसिमका वैकल्पिक शिक्षण विधि अवलम्बन भई देशभरी कार्यान्वयन हुँदा अहिलेसम्म कुनैपनि वैकल्पिक विधि लागूगर्न सकिएको र सकिने अवस्था छैन । नेपाल सरकारबाट वैकल्पिक सिकाइ सहजिकरण निर्देशिका २०७७ू जारी भई त्यस अनुरुप शैक्षिक सत्र खेर जान नदिन , विद्यार्थीको नियमित सिकाइलाई प्रोत्साहित गर्न अनलाइन, भर्चुअल कक्षा, रेडियो टेलिभिजन, स्थानिय एफ।एम लगायतका विभिन्न माध्यममा दैनिक कार्यतालिका सार्वजनिक गरी प्रभावकारी रुपमा सञ्चालन भइरहेको अवस्था छ ।


त्यसैगरी, नेपाल टेलिकमबाट पनि सस्तोमा विभिन्न किसिमका डाटा प्याकेज पनि जुम र गुगल मिटमा विद्यार्थीको सिकाइका लागि नै दिने सम्झौता भइसकेको छ । नेपाल सरकारले पनि वैकल्पिक शिक्षाका विभिन्न माध्यमलाई मान्यता दिई शैक्षिक सत्र जोगाउने खेलमा छ । यसो गरिरहँदा अब विडम्वनाको कुरा के छ भने कुनैपनि वैकल्पिक विधि अबलम्वन गर्न सम्भव नहुने हुम्लाका धेरैजसो ठाँउका विद्यार्थीले के गर्ने ? केही नसिकेर जाने भो त यो शैक्षिक सत्र ?


हुम्लाका विद्यार्थीको लागि यस जिल्लाका सातवटा गाउँपालिकाका झन्डै पच्चिस हजार विद्यार्थी र यसै ठाँउका जिल्ला बाहिर जस्तै सुर्खेत नेपालगञ्ज काठमाडौं जस्ता सहरमा अध्ययन गर्ने तर लकडाउनको कारणले आफ्नो गृह जिल्ला आएका कैयौ विद्यार्थीको लागि राज्यले मान्यता दिएको वैकल्पिक शिक्षा र त्यसका माध्यमहरु तातो न छारो भएका छन् । हुम्लाको सदरमुकाम सिमिकोट बाहेकका अन्य बस्तीमा न त राम्रो मोबाइल नेटवर्क छ, न त विद्युत छ, न त कुनै स्थानिय एफ।एम। छ, न त गाँउघरमा स्थानिय आवश्यक जनशक्ति छ । मोबाइलबाट फोन गर्नका लागि कतै अग्लाअग्ला डाँडाकाँडा धाउनुपर्छ । मोबाइल चार्ज गर्नका लागि कर्णाली उज्यालो कार्यक्रमबाट पाएको सानो सोलार प्यानल छ, त्यसबाट चार्ज नधानेर मोबाइलको ब्याट्री डाइरेक्ट चार्ज लाउँदा मोबाइल नै खत्तम बनाइदिन्छ ।

राज्यको कुनैपनि पहुँचभन्दा बाहिरको यस जिल्लामा अब कसरी सम्भव हुन्छन् रेडियो, टेलिभिजन कक्षा, इन्टरनेटबाट सञ्चालन हुने अनलाइन भर्चुअल कक्षाका त कुरै नगरौं मोबाइल चार्ज नहुने ठाँउमा । आजको यो विज्ञान र प्रविधिको युगमा राज्यले प्रविधिमैत्री शिक्षालाईलप्राथमिकतामा राखेको अवस्थामा के यहाँका विद्यार्थीले उपेक्षित सिकाइ उपलब्धि गर्लान त ?


राज्यको कुनैपनि पहुँचभन्दा बाहिरको यस जिल्लामा अब कसरी सम्भव हुन्छन् रेडियो, टेलिभिजन कक्षा, इन्टरनेटबाट सञ्चालन हुने अनलाइन भर्चुअल कक्षाका त कुरै नगरौं मोबाइल चार्ज नहुने ठाँउमा । आजको यो विज्ञान र प्रविधिको युगमा राज्यले प्रविधिमैत्री शिक्षालाईलप्राथमिकतामा राखेको अवस्थामा के यहाँका विद्यार्थीले उपेक्षित सिकाइ उपलब्धि गर्लान त ? राज्यले तीन चारवटा गाउँपालिका पायक पर्ने गरी एउटा थ्रि जि टावर, त्यस्तैगरी स्थानिय एफ।एम। अनि सानासाना लघु जलविद्युुत निमार्ण गर्न कति नै बजेट चाहिन्थ्यो होला रु नि यस्तै अवस्था रहिरहँदा त्यहाँका विद्यार्थीले कसरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धाबाट सफल हुन सक्लान । धेरै विद्यार्गी संख्या नहुने यस जिल्लामा एक स्थानिय तहमा एक राम्रो आवासिय विद्यालय भइदिएको भए यस महामारीको समयमा पनि विद्यालय सञ्चालनमा कुनै दुविधा नै हुने थिएन । अनि यहाँको विद्यार्थी गुणस्तरीय शिक्षाका लागि बाहिर सहरमा धाउनुपर्ने अवस्था हुने थिएन होला ।


हुम्ला जिल्ला अन्तर्गत पर्ने नाम्खा गाउँपालिकाको महावौद्द मा.वि याल्वाङमा हिमालयन चिल्डेन सोसाइटी र आधार विकास नेपालको सहयोगमा ३५० जना विद्यार्थीलाई आवासीय व्यवस्था मिलाएको हुँदा हाल यस्तो विषम परिस्थितिमा पनि उक्त विद्यालय सञ्चालन भइरहेको र अन्य विद्यालयको तुलनामा शैक्षिक गुणस्तर कायम गर्न सफल भएको छ । हुम्लामा वैकल्पिक शिक्षाको एउटा मात्र उदाहरण आधार विकास नेपालले जेठ, अषाढ र श्रावणमा कक्षा १० का मुख्य ४ वटा विषयहरुको कक्षा हुम्ला सिमिकोटका २ वटा स्थानिय रेडियो मार्फत सञ्चालन गरेको थियो र आफ्नो कार्यक्षेत्रमा उक्त स्थानिय रेडियो सुनिने ठाउँका विद्यार्थीका लागि ५० सेट रेडियो नी वितरण गरेको थियो भने सिमिकोट बाहिरका विद्यार्थीका लागि त्यो नि पहुँच बाहिरको कुरा छ ।

नेपाल सरकारले वैकल्पिक शिक्षाको माध्यमबाट पठनपाठन गरी त्यसलाई नै क्रेडिट आवर गनेर शैक्षिक सत्र टार्दा अब के गर्लान त हुम्लाका विद्यार्थी ? उनीहरुको जम्मा शैक्षिक सत्र समाप्त हुन अब ३ महिना मात्र बाँकी छ । हिउँदमा पनि यहाँको प्रतिकुल चिसो मौसमका कारणले विद्यालय सञ्चालन गर्न झन् जोखिम छ ।


नेपाल सरकारले वैकल्पिक शिक्षाको माध्यमबाट पठनपाठन गरी त्यसलाई नै क्रेडिट आवर गनेर शैक्षिक सत्र टार्दा अब के गर्लान त हुम्लाका विद्यार्थी ? उनीहरुको जम्मा शैक्षिक सत्र समाप्त हुन अब ३ महिना मात्र बाँकी छ । हिउँदमा पनि यहाँको प्रतिकुल चिसो मौसमका कारणले विद्यालय सञ्चालन गर्न झन् जोखिम छ । विगतको अनुभवका आधारमा भन्ने हो भने एक वर्षमात्रै पौष १ गतेबाट परीक्षा सञ्चालन गर्दा हालको नाम्खा गाउँपालिकामा पर्ने मुचुका विद्यार्थीहरु चिसोले हात कठ्याङ्गरियर विद्यार्थीलाई होटलमा लगेर हात तताउन लगाई लेख्न पठाएका तीता अनुभव छन् । एकातिर लामो समय भयो विद्यालय सञ्चालन भएका छैनन् र तुरुन्तै विद्यालय सञ्चालन गरिहाल्ने वातावरण नी छैन भने अर्कातिर वैकल्पिक माध्यम पनि सरकारले हुम्ला जस्तै विकट ठाउँलाई ध्यान नदिँदा कसरी यो शैक्षिक सत्र जोगिन्छ त भन्ने विषयमा सबैको ध्यना जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *