स्थायी शिक्षकको लाइसेन्स वितरण अन्योलमा

काठमाडौं/ १९ भदौ – स्थायी शिक्षक अध्यापन अनुमतिपत्र लाइसेन्स वितरणको काम हुन सकेको छैन ।

शिक्षक सेवा आयोगले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरिएको भएपनि कोरोना भाइरसका कारण लाइसेन्स वितरण हुन नसकेको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष ताना गौतमले कोरोना भाइरसका कारण लाइसेन्स वितरण हुन नसकेको बताए । उनले प्रदेशको शिक्षा निर्देशनालयबाट लाइसेन्स वितरण गर्ने गरी तयारी गरिएको भएपनि निषेधाज्ञा र लकडाउनका कारण वितरणको काम होल्डमा रहेको खबर एजुकेशनलाई जानकारी दिए ।

वितरण गर्ने लाइसेन्स अहिले आयोगमै भएको बताउँदै उनले भने,अवस्था सहज हुने बित्तिकै वितरणको काम सुरु हुन्छ । आयोगले यसअघि तीन तहको लाइसेन्स एक महिनाभित्र प्रदेश शिक्षा निर्देशनालयमा पठाउने तयारी थालेको थियो । तर, कोरोना संक्रमण बढे पछि वितरणका हुन नसकेको लाइसेन्स अवस्था सहज हुना साथ वितरण गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *