पाठ्यक्रम विकास केन्द्रलाई क्वारेन्टाइन बनाउँदा कार्यालयको काम प्रभावित

काठमाडौं / १९ भदौ – भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको छ ।
केन्द्रलाई क्वारेन्टाइन बनाउँदा कार्यालयको काम प्रभावित भएको केन्द्रले जनाएको छ । केन्द्रको एउटा भवन क्वारेन्टाइनका रुपमा प्रयोग गरिएपछि अहिले कर्मचारीहरु घरैबाट काम गरिरहेका छन् ।


गृह मन्त्रालयको आदेशमा सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रलाई क्वारेन्टिन बनाइएको हो । केन्द्रको भवनमा अहिले प्रहरीलाई राखिएको छ । केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले कार्यालयबाट गर्नुपर्ने कतिपय काम घरबाट गर्दा केही कनम प्रभावित भएको जानकारी दिए । केन्द्रमा नयाँ पाठ्यक्रम सम्बन्धि काम भईरहेको थियो । क्वारेन्टाइनका रुपमा प्रयोग भएसँगै काम प्रभावित भएको छ ।


केन्द्रले अहिले कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरिरहेको थियो । कक्षा १ का लागि मास्टर ट्रेनर तयार गरेको र कक्षा ११ का शिक्षकलाई भर्चुअलबाटै नयाँ पाठ्यक्रमबारे जानकारी गराउँदै आएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *