पूर्वाञ्चल विश्वविद्यालयको “टाइम बाउण्ड होम एक्जाम”,यस्तो छ परीक्षाको नियम

काठमाडौं/१६ भदौ – पूर्वाञ्चल विश्वविद्यालयले सेमेष्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षार्थीहरुको वैकल्पिक विधि “टाइम बाउण्ड होम एक्जाम” बाट सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को भदौ १४ र कार्यकारी परिषद्को भदौ १५ गतेको निर्णय अनुसार टाइम बाउण्ड होम एक्जामझ लिने निर्णय गरेको हो ।


विश्वविद्यालयले कार्याविधिलाई बनाएर परीक्षा सञ्चालन गर्न लागेको हो । ‘टाइम बाउण्ड होम इक्जाम’ अन्तर्गत परीक्षार्थीले घरमै बसेर परीक्षा दिन पाउने छन् । इन्टरनेटको पहुँचमा नभई सहभागी हुन नसक्ने विद्यार्थीको हकमा समेत विश्वविद्यालयको कार्याविधिले स्पष्ट व्यवस्था गरेको छ । जस बमोजिम सहभागी हुन नसकेका विद्यार्थी अर्को पटक भौतिक उपस्थित भएर परीक्षा दिँदा नियमितमै गणना हुने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *