त्रिविकाे वार्षिक परीक्षा मङ्सिर देखि गर्ने तयारी

काठमाडौं/१३ भदौ- त्रिभुवन विश्वविद्यालयकाे काेराेना संक्रमणका कारण राेकिएकाे विश्वविद्यालय तहको वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले तत्काल परीक्षा सञ्चालन गर्ने सम्भव नभएकाले दशैं पछि परीक्षा गर्ने तयारी गरिएकाे जानकारी दिए । मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने उनकाे भनाइ छ । पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ ।

शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने गरी चैतसम्म सबै परीक्षा सक्ने उनले बताए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षा सञ्चालनकाे जिम्मा सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि लकडाउन खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौकाे दाेस्राे सातादेखि सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । तर, काेराेना भाइरस संक्रमणकाे जाेखिम बढे सँग त्रिवि परीक्षा सञ्चालन गर्ने निर्णयबाट पछि हटेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *