पहिरोमा अभिभावक गुमाएका आठ बालिकालाई काँग्रेस नेता बस्नेतले पढाउने

काठमाडौं/११ भदौ – काँग्रेस नेता मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक लिदि पहिरोमा परी अभिभावक गुमाएका आठ बालिकाको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन् ।


उनले आठ बालिकाहरुको कक्षा १२ सम्मको पठनपाठनको व्यवस्था गर्ने जिम्मा लिएका छन् । उनले यी बालिकाहरुलाई यसै शैक्षिक सत्रबाट काठमाडौं उपत्यका भित्र रहेका स्कुलको होस्टेलमा राखेर पढाउने बताए । उनले साउन ३० गतेको पहिरोमा परि अभिभावक गुमाएर स्मारिका दोङ्ग, सविता दोङ्ग, दुर्गा दोङ्ग, अनिता दोङ्ग, कान्छी दोङ्ग, नाम नखुलेको साङ बहादुर दोङ्गकी छोरी र असार २५ गते जम्बुको बाढी पहिरोबाट आफ्नो पाँच जना परिवार गुमाएकी छिरिङ गोले रहेकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *