शिक्षाक सेवा आयोगको पदाधिकारी छनौटका लागि कमिटि गठन


काठमाडौं /१० भदौ – शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरुको छनोटका लागि सरकारले सिफारिस कमिटि गठन गरेको छ ।


मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले कमिटि गठन गर्ने निर्णय गरेको हो । शिक्षा ऐनमा भएको व्यवस्था अनुसार लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीकोे अध्यक्षतामा कमिटिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा र मन्त्रालयका सचिव सञ्जय शर्मा रहेको छन् । उक्त कमिटिले आयोगको अध्यक्ष र १ महिला सहिता २ सदस्याको नाम सिफारिस गर्ने छ ।


आयोगको अध्यक्ष हुनका लागि विशिष्ठ श्रेणी अर्थात नेपाल सरकारको सचिवबाट अवकाश प्राप्त स्नातकोत्तर तह पास भएको तथा ६५ बर्ष उमेर नकटेको व्यक्ति हुनुपर्ने प्रावधान छ भने सदस्यका लागि स्नातकोत्तर गरी कानुन, प्रशासन र शिक्षा क्षेत्रमा १५ बर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *