नेपाल शिक्षक महासंघका अध्यक्ष ज्यू लाई मोफसल सदस्यको खुल्ला पत्र ।

कृष्ण प्र.तिमिल्सिना,शिक्षक

राष्ट्रिय अध्यक्ष ज्यु नमस्कार । सिङ्गो देश विगत ६ महिना देखी कोरना जस्तो माहामारीका कारण लक डाउन को अवस्थामा ग्रुजीएको छ । अति विपन्न ब्यक्तीहरू भोकले , स्वास्थ्य कमजोर हुनेहरू रोगले ग्रुजीएको वेला छ देश भरका ८० लाख विद्‌यार्थीको भविष्य अन्यौलमा छ, शैक्षिक सत्र समाप्त पार्ने की बचाउने संकटमा छ। निजी शिक्षक र संस्थागत विद्यालयका शिक्षकको रोजीरोटी समाप्त भएको छ। यस्तो विषम परिस्थीती मा तपाईले सम्पुर्ण शिक्षकहरु लाई सहयोगको अपिल गर्दै मिति २०७६ चैत्र १७ गते प्रेषित पत्र सामाजीक संजाल मार्फत प्राप्त भयो पत्र पढे पछी र त्यसको पक्ष र विपक्षी प्राप्त प्रतिक्रिया समेत पढेपछी एउटा महासंघ को सदस्य भएका नाताले त्यतिकै वस्न सकिन ।

म एउटा मोफसल मा वस्ने निम्झरो सामान्य शिक्षक ले के नै भन्न सक्छु र तर हजुर ले गर्नु भएको यो प्रयासका लागी मेरो ब्यक्ती गत तर्फबाट धन्यवाद दिन चाहन्छु उच्च सम्मान ब्यक्त गर्न चाहन्छु । किनभने सहयोग गर्नु हाम्रो नैतिक सामाजिक र मानविय कर्तब्य हो ।मलाई थाहा छ शिक्षक नेतृत्व को स्थानिय देखी सवै चरण पार गर्दै राष्ट्रिय सेवा आकास को सबैभन्दा ठुलो हिस्सा ओगटने करिव २ लाख बढी सदस्य भएका शिक्षकहरू को छाता संस्था शिक्षक माहासंघ को राष्ट्रिय अध्यक्ष जस्तो गरिमामय पदमा विराजमान हुने सौभाग्य पाउनु तपाईका लागी गर्वको कुरा । राष्ट्र यो विपदको घडीमा तपाई हाम्रो मात्र हैन यो मातृभुमी को पनि अभिभावक हो । हामी सबैको छाता संस्था को अध्यक्ष हो २ लाख बढी शिक्षक को सिङ्गो अभिभावक हो I अध्यक्ष ज्यु अव मेरो कुनै पुर्वाग्रह नराखी आग्रह छ त्यही छाता भित्र हामी सवै लाई ओत लाग्ने बातावरण बनाउनु होस । तपाई को विशाल प्रेम र साद्‌भाव को छाता भित्र न्यानो अभिभाबकिय सदभाव पाउने रहर छ् । विशाल छाती फराकिलो सोच राखेर त्यो छाता बाहिर बस्ने करिव ६० % शिक्षक लाई भन्नुहोस एउटै छाता भित्र बसेर शैक्षिक आन्दोलन को माहान यात्रा तय गरौ ।

तपाई राष्ट्रिय अध्यक्ष भइरहदा तपाई शिक्षण सेवा वाट निवृत्त हुनु भो जालझेल र नाटकिय ढंगले विधान संसोधन गरियो र त्यही माहासंघ को विधान कोटको खल्तीमा हालेर विधान देखाउदै चित्त नबुझे अदालत जानोस भनेर धम्की दिदि थुप्रै बैठकमा हजुरका विचार सुन्ने सौभाग्य प्राप्त भयो । यहा जस्तो विद्वान नेता लाई थाहा नै छ् हाम्रो माहासंघिय मोडल सहमतिय आधारमा चल्छ सबै विचार राख्नेहरू को साझा अझ भनौ सवै पेशा कर्मी अटने साझा संस्था हो त्यसमा सवै भन्दा धेरै सदस्य भएको सदस्यता का आधारमा लगाएत अन्य ठुला ९ घटक को विरोध को वेवास्ता गर्नु भो । अध्यक्ष ज्यु तर दुर्भाग्य सामाजिक संजाल का छरपष्ट समचार पढ़दा हजुर त्यस्तो गर्न तयार हुनु भएन हजुर ले समातेको त्यो ठुलो छाता भाचेर करङ्‌ उखेलेर आधा भन्दा धेरै शिक्षक हिडेको कराएको देखियो छाता को मुल डण्डी हजुर ले समाते पछी त्यसको नैतिक जिम्मेवारी हजुर ले लिनु पर्दैन र ??

हामी लाई थाहा छ अहिले को सरकार तपाईको केमेष्ट्री मिल्ने छ तपाई संग त्यस्तो के अदभुद आलौगिक इश्वरीय क्षमता छ् ? त्यसका कारण तपाईलाई आजिवन अध्यक्ष मानौ ? वा सवै सेवानिवृत्त शिक्षक संस्था बनाएर हामी तपाईको पछाडी हिडौ ? एउटा मात्र राम्रो के काम गर्नु भो तपाईको पछाडी हिडौ ? म यो विषम परिस्थितिमा तपाईले हामी सदस्यहरु लाई सिन्को भाच्नु भएको छैन माखो मार्नु भएको छैन किन कोरना मा पैसा दिने भन्दिन देशभर हजारौ इसीडी शिक्षक को वारेमा देखिने गरी वोल्नु भएन पैसा दिन्न पनि भन्दीन शिक्षक सेवा बढुवा र स्तरउन्नत्ती मा माखो मार्नु भएन पनि भन्दिन किनभने एउटा सचेत सामाजीक प्राणी यस्तो विषम परिस्थीती मा बागेनिङ्ग गरेर बस्दैन मलाई थाहा छ् हजुर अध्यक्ष भएको शिक्षक माहासंघ ले हिजो शिक्षक हक हित का सवालमा महत्वपुर्ण काम गरेको छ् यसको इतिहास सुन्दर छ् र भविष्यमा पनि गर्न सक्छ भन्ने ठुलो विश्वाश म सग अझै छ् ।

गाँउमै वसे पनि शैक्षिक आन्दोलन र उपलब्धी को इतिहास मैले पढेको छु । मलाई थाहा छ् अध्यक्ष ज्यु ले भन्नु होला मैले छाता सवैले ओतने गरि फिजाएको थिए केही अबुजहरू करङ्‌ भाचेर च्यातेर भागे इतिहास मा पहिला पनि छाता भाचेर हिडने थिए पुर्व अध्यक्षहरू ले संमयमता पुर्वक छाता बचाएका थिए ओत लगाएका थिए त्यसैले तपाई को यो उत्तर मेरा लागी प्रर्याप्त छैन अध्यक्ष ज्यु ति च्यात्ने हरु लाई सम्झाउने र छाता भित्र फर्काउने मुख्य जिम्मेवारी को नेतृत्व हजुर ले गर्नु भएको छ् ।आज समग्र शिक्षक को मन रोएको छ् त्यो च्यातिएको छाता तत्काल सिलाइ बुनाई होस सबै त्यही छाता भित्र वसेर यो विपद को सामना गरौ विपद पछिका शैक्षिक सुधारका ठुला ठूला लडाई लडनु छ् त्यसैले फेरी घोत्लीएर धेरै पटक सोच्नु होस अध्यक्ष ज्यु ।

अन्यथा सेवा निवृत तपाई त्यही छाताको डन्डी मात्र समाएर उभिनु होस । उहि तपाइकै एउटा मोफसल बस्ने सामान्य साधारण सदस्य ।

कृष्ण प्र.तिमिल्सिना , शिक्षक,कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *