शिक्षण

डा. शशीधर वेलबासे
सह-प्रध्यापक,युएई विश्वविद्यालय,आबुदाबी


हामी आठ घण्टा पढायौ,
एक घण्टा छलफल गरेनौ ।
हामी सारा पाठ सकायौ,
एक पाना पनि सम्झाएनौ ।
मोटो पाठ्यपुस्तक लेख्यौ,
दस पेजको रिसर्च गरेनौ ।
आफ्नो सिद्धान्त कोरेनौ,
विभिन्न वादहरु खोक्यौ ।
चकको धुलो टकटक्याउदै,
यो वा त्यो झोला बोक्यौ ।
शिक्षा रुपि बाटो रोज्यौ,
कन्स्ट्रक्टिविजम त रट्यौ ।
डिकन्स्ट्रक्सन हुनु पर्नेमा,
डिस्ट्रक्सन पो रोप्यौ ।
शिक्षाको दिशा कता हो,
अवोध अक्षरमा खोज्यौ ।
अक्षरको अर्थ बोध बिना,
मोटा किताव रोज्यौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *