एसईईको नतिजा सार्वजनिक

काठमाडौं/१ भदौ- एसईई परीक्षाकाे नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बाेर्डले बाेर्ड बैठक पश्चात् नतिजा सार्वजनिक गरेकाे हाे । बाेर्डले यसअघि नै नतिजा सार्वजनिक गर्ने तयारी गरेकाे भएपनि बाेर्ड बैठक नबसेकाले नतिजा सार्वजनिक हुन सकेकाे थिएन । काेराेना भाइरसका कारण यसवर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरिएको हाे । यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *