झापाकोे सूर्योदय विद्यालयको अनलाइन कक्षामा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति


काठमाडौं /२८ साउन – कोरोना भाइरसका कारण लामो समयदेखि शैक्षिक संस्थाहरु बन्द छन् । विद्यालयले वैकल्पिक माध्यमको प्रयोग गरी विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिइरहेका छन् । यो महामारीको समयमा प्रविधि वरदान नै सावित भएको छ भन्दा फरक नपर्ला । प्रविधिकै प्रयोग गरेर नै अनलाइन क्लास, टिभी, रेडियोबाट पढाउने काम भइरहेका छन् ।

झापाको मेची नगरपालिकामा रहेको सूर्योदय उच्च अंग्रेजी विद्यालयले लकडाउनको अवधि भर पृथक ढंगले प्रस्तुत भयो । विद्यालयले विद्यार्थीहरुको पढाइलाई मात्र निरन्तरता नदिई विद्यार्थीको सृजनात्मक सिकाइलाई पनि उत्तिकै महत्व दिएको छ । विद्यालयले डाइनामिक टेक्नोसफ्ट नामको सफ्टवेयर कम्पनीसँग सहकार्य गरेर विद्यालयको मोबाइल एपको निर्माण गरी कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरूको दैनिक ६ विषय पठनपाठन गराउँदै आईरहेको छ । विद्यालयका अनुसार अनलाइन क्लासमा विद्यार्थीहरुको उत्साहजनको उपस्थिति रहेको छ । यस्तै, विद्यालयले अनलाइन पठनपाठन गरिरहेका विद्यार्थीहरुलाई गृहकार्य, कक्षा कार्य आदि दिनुका साथै प्रत्येक हप्ता एसाईनमेन्ट दिई विद्यार्थीहरूको मुल्यांकन गर्दै आइरहेको छ । लकडाउनकै बीच विद्यालयले आफ्नो वेबसाइट निर्माण गरेर विद्यार्थीलाई चाहिने जानकारी, समाचार आदि सम्प्रेषण गर्न थालेको छ ।

वेबसाइट विभिन्न अनलाइन सिकाइका सामग्री तयार गरेर राख्नुका साथै विद्यार्थीहरुलाई सृजनात्मक कार्यका लागि प्रोत्सान गरी प्राप्त सिर्जनात्मक कार्यहरुलाई विद्यालयको वेवसाइटमा राखी उत्कृष्ट सृजनात्मक कार्यहरुलाई पुरस्कृत गर्ने तयारी पनि विद्यालयले गरिरहेको । यसो गर्दा विद्यार्थीको पढाइका साथ साथै अतिरिक्त क्रियाकलाप पनि सहभागी हुन पाउने विद्यालयका भाइस प्रिन्सिपल शिव मैनालिले जानकारी दिए ।

यति मात्र होइन, विद्यालयले वैकल्पिक पठनपाठनको निम्ति विद्यार्थीहरूको वर्ग पहिचान गरी रेडियो, टि,भि, आदिको विवरण वेबसाइट र व्यक्तिगतरुपमा विद्यार्थीहरुलाई उपलब्ध गराएको छ । विद्यालयले पुनःसञ्चालन सम्बन्धी निर्णय तथा योजनाहरु पनि निर्माण गरेको छ । विद्यालयले विद्यालय नजिकै रहेको एउटा मेडिकल पसलसँग सहकार्य गरेर इमेरजेन्सी उपचार सम्बन्धित एमओयू सम्झौता पनि गरेको छ । यस्तै, कक्षाकोठामा सुरक्षित वातावरण तयार गर्न सोही मेडिकल पसल सहकार्य गर्दै कक्षाकोठालाई सेनिटाईजेसन वा इस्टेरलाईजेसन उपलब्ध गराउने सम्बन्धि पनि पहल गरिरहेको छ ।

विद्यालय पुनःसञ्चालन भएपछि विद्यालय आएका विद्यार्थीलाई सुरक्षित राख्न, जाँच गर्न चाहिने सामग्रीहरु सम्बन्धि उपलब्ध गराउन विद्यालय निरन्तर लागिरहेको छ । भविष्यमा आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै विद्यालयले स्वास्थ सुरक्षाको अहिलेदेखि नै तयारीमा जुटेको हो ।


यसैगरी, videography का तालिम तथा लागि स्वरोजगारमूलक शिक्षाको लागि Photography, Photoshop, Music,  Sports, Arts का कक्षाहरु सञ्चालन गर्ने योजना विद्यालयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *