भदौ १५ सम्म विद्यार्थी भर्ना प्रक्रिया स्थगित

काठमाडौं/२७ साउन- सरकारले भदौ १ गतेदेखि सुरु गर्ने भनेकाे विद्यार्थी भर्ना अभियान भदौ १५ सम्म स्थगित गरेकाे छ ।

काेराेना भाइरस संक्रमणकाे संख्या बढ्दै गएपछि साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले विद्यार्थी भर्ना अभियान र शैक्षिक संख्था भदौ १५ सम्मका लागि बन्द गर्ने निर्णय गरेकाे हाे । यस्तै, बैठकले ताेकिएका परीक्षाहरु समेत स्थगित गर्ने निर्णय गरेकाे छ ।

भदौ १ गतेदेखि सुरु गर्ने भनिएकाे विद्यार्थी भर्ना प्रक्रिया भदौ १५ गतेसम्म स्थगित गर्न काेभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) स्थगित गर्न सिफारिस गरेकाे थियाे ।

देशभर कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै सीसीएमसीले यस्ताे निर्णय गरेकाे हाे । यसअघि सीसीएमसीले भदौ १ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने र विद्यार्थीकाे अद्यावधिक गर्ने निर्णय गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *