विद्यालय खुलेकाे दुई हप्तामै एक लाख बालबालिका काेराेना संक्रमित

काठमाडौं /२७ साउन – कोरोना भाइरसका कारण बन्द भएका अमेरिकाका विद्यालय सुचारु भएको दुई हप्तामै झन्डै एक लाख बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।


अमेरिकन एकेडेमी अफ पेडियाट्रिस एण्ड दिन चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले गरेको एक अध्ययनले यस्तो तथ्यांक देखाएको हो ।


अमेरिकाका विभिन्न स्थानमा गत जुलाई महिनामा दुई हप्तासम्म विद्यालय सुचारु भएको थियो । त्यसबीचमा ९७ हजार बालबालिका कोरोना संक्रमित बनेको अध्ययनमा उल्लेख छ । विज्ञहरुले कोरोना प्रकोपबीच नै विद्यालयहरु नखोल्न सुझाव दिएका थिए।


तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विद्यालयहरु खोलिनुपर्ने जिकिर गरेका थिए । अमेरिका कोरोनाका कारण सबैभन्दा बढी प्रभावित देश हो ।


स्रोत: सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *